मर्जरमा जाने बीमा कम्पनीका सञ्चालक र अध्यक्षहरुको कार्यकाल थप गर्न पाइने, बीमा समितिले जारी गर्यो निर्देशन

२७ जेष्ठ २०७९, शुक्रबार १२:४२

काठमाडौं । अब मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा संचालकको कार्यकाल थप गर्न पाइने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को तेश्रो पटक संशोधन गर्दै बीमा समितिले यस्तो व्यवस्था गरेको हो ।

समितिले दुई कार्यकाल पुरा भएका संचालक वा अध्यक्षहरू भएको कम्पनी मर्जरमा गएमा थप एक कार्यकाल सोही कम्पनीमा रहन पाउने हुने भएको छ । बीमा सम्बन्धीले जारी गरेको यो व्यवस्था मर्जरमा जान प्रकृया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरुका संचालकहरुलाई मात्र लागू हुने छ ।

कम्पनीका संचालक वा अध्यक्षहरुले मर्जरको प्रकृया सम्पन्न नभएसम्ममा सोही कम्पनीको उक्त पदमा थप एक कार्यकालसम्म रहन सक्नेछन् । जसको लागि बीमा समितिको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

 

‘बीमक गाभ्ने, गाभिने तथा प्राप्तीगर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृतिलिई तत्काल कार्यरत संचालक वा अध्यक्ष थप एक कार्यकालका लागि संचालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुन बाधा पुर्याएको मानिने छैन’, संशोधित निर्देशिकामा भनिएको छ ।

हाल कम्पनीका संचालक वा अध्यक्ष दुई कार्यकालभन्दा बढी एउटै कम्पनीमा पुनः नियुक्त हुन नपाउने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*