बीमा नीतिबारे छलफल गर्न बीमा समिति र अर्थ मन्त्रालयको टोली लाकुरी भन्ज्याङमा

२७ जेष्ठ २०७९, शुक्रबार २१:५७

काठमाडौं । बीमा समितिको आयोजनामा ललितपुरको लाकुरी भन्ज्याङमा बीमा नीतिमाथि अर्थमन्त्रालयलाई ब्रिफिङ कार्यक्रम आयोजना गरेको छ ।

बीमा समितिले २०७० सालमै तयार पारेको बीमा नीतिबारे अर्थमन्त्रालयका उच्च अधिकारीहरुलाई फाइनल ब्रिफिङ गर्ने उद्देश्यले ललितपुरको लाकुरी भन्ज्याङ्मा कार्यक्रम राखिएको हो ।

आज साँझसम्म ब्रिफिङ सहित भव्य पार्टी कार्यक्रम समेत राखिएको बीमा समिति स्रोतले जनाएको छ । बीमा समितिले अर्थमन्त्रालयका उच्च अधिकारीहरुलाई फाइनल ब्रिफिङ गरिसकेपछि उक्त बीमा समिति मन्त्रिपरिषदबाट पारित गराउने कार्य योजना रहेको छ ।

लाकुरी भन्ज्याङमा आयोजित कार्यक्रममा साँझ ८ः३० बजेसम्म अर्थमन्त्री जनार्दन शर्मा भने सहभागी भएका छैनन् । देशैभरिका लाखौं बीमितबाट एक प्रतिशत बीमा शुल्क भनेर संकलन गरिएको जनताको पसिनालाई बीमा समितिले नेपालकै महंगो होटल मध्येमा पर्ने लाकुरी भन्ज्याङ्मा बीमा नीतिमाथि छलफल गर्ने नाममा लाखौं रुपैयाँ उडाएको छ ।

स्मरणरहोस्, बीमा अभिकर्ताहरुले बीमा समितिले लिँदै आएको एक प्रतिशत बीमा शुल्क घटाउनु पर्ने माग गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*