कोरोना बीमाको विवरण माग्दै अर्थ मन्त्रालयको पत्र बीमा समितिमा

२८ जेष्ठ २०७९, शनिबार ०७:३४

काठमाडौं । सरकारले बीमा समितिसँग कोरोना बीमाको विवरणमा गरेको छ । कोरोना बीमाको दावी भुक्तानीको विषय सरकारसँग जोडिएपछि सरकारले कम्पनी अनुसार कोरोना बीमामा परेको दावी, दावी भुक्तानी भएको अवस्था र बाँकी अवस्थाको विवरण पेश गर्न अर्थमन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ ।

अर्थमन्त्रालयका उच्च स्तरीय वित्तिय क्षेत्र समन्वय महाशाखाका प्रमुख रमेश कुमार केसीले पठाएको पत्रमा कोरोना बीमाको दावी भुक्तानी गर्न आवश्यक स्रोत व्यवस्थापन खोज्ने उद्देश्यले पत्राचार गरिएको जनाइएको छ । यद्यपि गत आव र यस आवको समेत बजेट बक्तव्यमा नपरेकोले कोरोना बीमा बापतको रकम नेपाल सरकारको कोषबाट भुक्तानी गर्न सम्भव भने छैन ।

सरकारले कोरोना बीमाको समस्याको वास्तविकता पत्ता लगाउन र कोरोना बीमाको दावी भुक्तानी गर्ने उपायको खोजी गर्ने उद्देश्यले विवरण संकलन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*