संसदमा उठ्यो मृत्यु बीमाको विषय, शेर बहादुर तामाङ र कृष्ण दाहालद्धारा सरकारको ध्यानाकर्षण

२९ जेष्ठ २०७९, आईतवार १७:१०

काठमाडौं । संघीय संसदमा मृत्यु बीमाको विषय उठेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा दुई जना सांसदले एकै पटक मृत्यु बीमाको विषय उठाएका हुन् । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले अस्पताल पुगेका बिरामीको मृत्य भएमा बाँचेका परिवारलाई अधमर्दो बनाउने गरी अस्पतालले बिल निकालेर लाश नै बन्धक राख्ने अवस्था रहेको भन्दै मृत्यु बीमाको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आज संसदमा बजेट माथि छलफलको क्रममा उनले मृत्युको बीमा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । सांसद तामाङले नागरिकको स्वास्थ्य उपचार महँगो भएको भन्दै सांसदहरुले मृत्युको बीमा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

उपचारको क्रममा अस्पताल पुगेका व्यक्तिको मृत्यु भएपछि अस्पतालको विल तिर्न नसकेर लास लान नसकेको अवस्था बढ्दै गएको हुँदा नेकपा एमालेका सांसद शेरबहादुर तामाङले मृत्युको बीमा गर्ने कार्यक्रम ल्याउन माग गरेका हुन् ।

‘उमेर हद वा रोगको कारणले बाँचिदैन पनि तर,अस्पतालको बिलमा बाँचेकालाई साँच्चै अधमरोको हुने खालको छ मान्छे मरिसक्छन्, तर अस्पतालको बिल भने तिर्न नसक्ने हालतमा पुग्छ । अस्पतालले विल नतिरे लाश लान दिदैन् ।’ सांसद तामाङले भने, ’त्यसकारण मृत्युको बीमा गरौं ।

अर्थात उपचार गरेपछि बाँचेर आयो भने ठिकै छ उसैले बिल तिर्छ वा केही गर्छ तर यति बाँचिदैन भने यसको बीमा गरौं र राज्यले बेहोर्ने नीति ल्याऔं ।’ मर्ने मान्छे मरेर गए पनि बाँचेकाहरुलाई आर्थिक भार नपर्ने यस्तो व्यवस्था ल्याउन जरुरी रहेको उनले बताए।

आजकै बैठकमा अर्थ समितिका सभापति तथा एमालेका सांसद कृष्ण प्रसाद दाहालले पनि मृत्युको बीमा गर्नुपर्ने आवश्यक रहेको बिषयमा सांसद शेरबहादुर तामाङको मृत्यु बीमाको बिषयलाई पछ्याँउदै यो व्यवस्था ल्याउनुपर्ने माग गरेका छन् । उनले नेपालको स्वास्थ्य सेवा मंहगो भएको कारण त्यसलाई समेत प्रभावकारी बनाउने बिषयमा औल्याएका थिए ।

उनले नेपालको प्ररिपेक्षमा बिरामी बाँचे पनि ऋण बोकेर फर्किछ, मरे पनि पैसा नभएर शव उठाउन नपाउने अवस्था बढ्रदै गएको हुँदा यस तर्फ ध्यान जानु जरुरी रहेको कुरा ध्यानाकर्षण गराएका थिए । यस्तो परिस्थति अन्त्य गर्नको निम्ति उनले मृत्युको बीमा गरेर पैसा तिर्नु नपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराए ।

स्वास्थ्य सेवाको शुल्क अत्यन्तै महंगो भयो । त्यसको प्रभावकारी नियमन गर्नुपर्दछ । एम्बुलेन्स असाध्यै महंगो भएको गुनासो गर्दै एम्बुलेन्सदेखि सुरु हुने मृत्यु बीमा गरेर मरेका लाशहरुले अस्पतालको बिल तिर्नुपर्ने कुरा नाजायज भएकोले सरकारले व्यवस्थित र नियमन गर्नुपर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*