कर्णाली प्रदेश कार्यालयका प्रमुखमा उपनिर्देशक पदम प्रसाद सोडारी नियुक्त, आजदेखि सम्हाले कार्यभार

१ असार २०७९, बुधबार १२:४८

काठमाडौं । कर्णाली प्रदेश कार्यालयमा प्रमुखमा उपनिर्देशक पदम प्रसाद सोडारीले आजदेखि कार्यभार सम्हालेका छन् । बीमा समितिले उप निर्देशक सोडारीको नेतृत्वमा सहायक निर्देशक राजेन्द्र महर्जन र चिनिया लामा पनि उक्त क्षेत्रमा खटाएका छन्।

कर्णाली प्रदेशको नगरपालिका ८ स्थित कालिन्चोकमा बीमा समितिको भवन अवस्थित रहेको छ। कर्णाली प्रदेशको १० जिल्ला हेर्न जिम्मा यस प्रादेशिक कार्यालयलाई दिएको कर्णाली प्रदेश कार्यालयमा प्रमुखमा उपनिर्देशक पदम प्रसाद सोडारीले बीमापोष्टलाई बताएका छन्।

बीमा समितिले पहिला तीन प्रदेशमा कार्यालय स्थापना गर्ने र बाँकिमा विस्तर गर्दै लाने यसअघि निर्णय गरेको थियो । प्रदेश कार्यालयमार्फत बीमा कम्पनी, अभिकर्ता र सर्भेयरहरुले आफना गुनासो राख्न पाउने बीमा समितिले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*