बीमा समितिका तीन प्रदेशको जिम्मेवारी सोडारी, अधिकारी र शर्मालाई

१ असार २०७९, बुधबार १३:४३

काठमाडौं । बीमा समितिले आन्तरिकमा बढुवा भएका उपनिर्देशकलाई प्रादेशिक कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । कार्यालय औपचारिक रुपमा उद्घाटन नभएपनि प्रादेशिक कार्यालय प्रमुखहरुले जिम्मेवारी भने लिईसकेका छन् ।

कर्णाली प्रदेशको सुर्खेत कार्यालय प्रमुखमा पदम प्रसाद सोडारी, सुदुरपश्चिम प्रदेशको धनगढी कार्यालयको प्रमुखमा ओम बहादुर अधिकारी र मधेस प्रदेशको विरगञ्ज कार्यालय प्रमुखमा कुसुम शर्मा नियुक्त भएका छन् । तीन उपनिर्देशकहरुले आजदेखि अनौपचारिक रुपमा कार्यभार समहलेका छन् ।

कर्णाली प्रदेश कार्यालयमा उप निर्देशक पदम सोडारीले आजैदेखि कार्यभार सम्हालिसकेका छन् । कर्णाली प्रदेश कार्यालयमा प्रमुखमा उपनिर्देशक पदम प्रसाद सोडारीले आजदेखि कार्यभार सम्हालेका छन् । बीमा समितिले उप निर्देशक सोडारीको नेतृत्वमा सहायक निर्देशक राजेन्द्र महर्जन र चिनिया लामा पनि उक्त क्षेत्रमा खटाएका छन्।

ओमबहादुरको नेत्तृवमा प्रमेहरी पोखरोल र बैकुण्ठ घिमिरे रहेका छन् । आजदेखि नै कार्यभार समाह्ने तयारी भईरहेको सुदुरपश्चिम प्रदेशको धनगढी कार्यालयको प्रमुख अधिकारीले बताएका छन् ।

त्यस्तै, मधेस प्रदेशको विरगञ्ज कार्यालय प्रमुखमा कुसुम शर्मा नियुक्त भएकि छिन् । अन्य प्रदेशीक कार्यालयमा कसलाई पठाउने भन्ने बिषयमा भन्ने बिषयमा अन्तिम निर्णय नभईसकेको छलफल भने भईरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् । हाल तीनवटै प्रादेशिक कार्यालयको औपचारिक उद्घाटन नभएपनि कार्यालय प्रमुखले भने जिम्मेवार्री सम्हालिसकेका छन् ।

कर्णाली प्रदेशमा भने अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गर्न कार्यक्रम रहेको छ । यद्यपी अर्थमन्त्री शर्माले नै उद्घाटन गर्ने वा नगर्ने बिषयमा अन्तिम निर्णय भने भईसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*