दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न, बीमा कार्यक्रम लागु गर्ने मेयरको प्रतिवद्धता

१ असार २०७९, बुधबार २०:३२

काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सूचना प्राविधिक कृष्ण अधिकारीको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई र उपमेयर बिसन राई, वडा अध्यक्ष, अध्यक्ष, स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक, बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

 

कार्यक्रममा बोल्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले बीमाको योजनाप्रति आफूहरु सकारात्मक भएको भन्दै अनिवार्य घर बीमा योजना ल्याउने कार्यक्रममा प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले बीमाको जिज्ञासा समाधान गर्नका लागि प्रमखु प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेलाई जिम्मेवारी दिएका छन्।

उक्त क्षेत्रमा बीमा समितिले तोकिदिएको लुम्बिनी जनरल इन्स्योरेन्सलाई सजिलै कृषकहरु पुग्ने वातावरण सिर्जना गर्न र कृषि बीमामा सहज पहुँच पुर्याउन माग गरेका छन् । कार्यक्रममा उपस्थित किसानहरुले कृषि बीमा निकै कठिन बनेको गुनासो गरेका छन् । कृषि बीमाका लागि थप कम्पनी र कृषि बीमा कार्यक्रम विस्तार गरिदिन बीमा समितिलाई आग्रह गरे । उक्त क्षेत्रमा कृषि वालीमा बाँदरको अतिक्रमण बढी हुने हुँदा बीमाको रक्षावरण समेत हुने व्यवस्था गर्न कृषकहरुले माग गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*