बीमा कम्पनीको नयाँ लाइसेन्सका बारे अर्थ समितिमा प्रश्न, मर्जर गर्ने अनि लाइसेन्स बाँड्ने नीति के हो ?

२ असार २०७९, बिहीबार १३:४१

काठमाडौं । आज बसेको अर्थ समितिको बैठकमा बीमा समितिले सेटिङमा वितरण गर्न लागेको लाइसेन्सको विषय उठेका छ । अर्थमन्त्री जनार्दन शर्मा सहितको उपस्थितिमा बसेको बैठकमा समितिका सभापति कृष्ण प्रसाद दाहालले बैठकमा सोधे, ‘बीमा समितिले भटाभट मर्जर गराइरहेको छ, मर्जरपछि लाइसेन्स बाड्ने होला यो कमिशनको लागि लाइसेन्स बाड्ने खेल कहिलेसम्म जारी रहन्छ ?’

अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले थपे, नेताहरु मन्त्री भएपनि आफ्नालाई बीमा कम्पनीको लाइसेन्स दिनैपर्ने रहेछ । हामीले यो अवस्थाको अन्त्यको लागि ऐनमै केही व्यवस्था गर्नुपर्दछ ।

सो कुराको जवाफमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले स्पष्ट रुपमा दिएनन् । विधायिकाको मनसाय भनेर पन्छाई दिए । अर्थ समितिमा नयाँ लाइसेन्स दिनुअघि कति कम्पनी चाहिने, कति लाइसेन्स वितरण गर्ने भन्नेमा सरकारको नीति के हो ? कडिकडाउ गरेपनि अर्थमन्त्री जनार्दन शर्माले समेत सोको जवाफ दिएनन् । बैठकमा मलिन अनुहारमा देखिएका अर्थमन्त्री शर्माले बीमा विधेयकमाथिको छलफलमा सक्रियतापूर्वक सहभागी जनाएनन् । अन्त्यमा करिब १ मिनेटमा आफ्नो कुरा राखेर सिध्याएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*