प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माको राजिनामा मागियो

भ्रष्टाचार र राष्ट्रघात गरेको आरोपमा अर्थमन्त्री शर्मामाथि छानविनको माग
२ असार २०७९, बिहीबार १३:५९

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन् । नेकपा एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १४ गते राति देखि जेठ १५ गतेसम्म बाहिरी मानिसलाई सहभागी गराएर करको दरहरु हेरफेर गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सांसदहरुले अर्थमन्त्री शर्माले करको दर हेरफेर गर्दा व्यक्तिगत फाइदाको लागि काम गरेको भन्दै गम्भिर आपत्ति जनाउँदै गम्भिर राष्ट्रघात र भ्रष्टाचार भएको भन्दै ससदीय छानविन समिति बनाउन माग गरिएको हो ।

संसदमा भानुभक्त ढकालले अर्थमन्त्री शर्माले नैतिकताका आधारमा तत्काल राजिनामा दिन माग गरेका छन् । साथै उनले संसदको अपमान र मानमर्दन हुने गरी अर्थमन्त्री शर्माको जिम्मेवारी बिचौलियाले लिएकोले प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा आएर जवाफ दिनुपर्ने माग गरेका छन् । अर्थमन्त्रीले गरेको कुकर्मको पक्षमा सरकार छ कि छैन, यस कार्यको सति सरकार जान्छ कि जादैन भनेर जवाफ दिनुपर्ने माग गरेका छन् ।

मन्त्रीहरु आफैले आफूले मागेको बजेट नपाएको भनेर गुनासो गरेका छन् । संसदमा बजेट सरकारले बनाएको नभई बिचौलियाले बनाएकोले यस्तो बजेटको औचित्य नभएको समेत दावी गरेका छन् ।

आजकै बैठकमा सांसद हृदयश त्रिपाठीले यसअघि स्व. भरतमोहन अधिकारीको पालमा छानविन समिति गठन भएको स्मरण गराउँदै संसदीय मर्यादाका लागि समेत गम्भिर विषय भएकोले सबै राजनीतिक दलको सहमतिमा संसदीय समिति गठन गरेर अर्थमन्त्री शर्मामाथि छानविन गर्नुपर्ने माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*