रावाबेसी गाँउपालिका बीमा समितीको अन्तक्रिया कार्यक्रम सम्पन्न, कृषि बीमा प्रभावकारी बनाउन स्थानीयको माग

२ असार २०७९, बिहीबार २२:०२

काठमाडौं। खोटाङको दिक्तेल रावाबेसी गाँउपालिका बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सूचना प्राविधिक कृष्ण अधिकारीको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समितिका उपनिर्देशक केशब प्रसाद दाहालको अध्यक्षतामा स्थानीय निकायसँग बीमा समितीको अन्तरकृया सम्पन्न भयो प्रमुख अतिथी रावाबेसी गाउपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ विशेष अतिथि कौशिला कुमारी गुरुङको उपस्थिती रहेको थियो । त्यस्तै, छ वटा वडा मध्य १ न। वडाका अध्यक्ष गेहेन्द्रमान राई २ न। वडाका डोलराज बस्नेत र ६ न। वडाका चिरन्जिबी कार्किको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कोरोना बीमाको बारे प्र्स्न उठे कृषि बीमा गर्न आलटाल गर्ने गरेको भन्ने प्रश्न गरेको पाइयो दाबिको समयमा प्राप्त नहुदा दाबी पनि गर्न मान लाग्न छाडी दाबी नगरेको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

दाबिको रकममा दाबी कर्ताको एकाउण्ट्मा जम्मा हुने गर्न थोरै सच्याउन पर्ने चेक समेत धेरै समय सम्न सम्म प्राप्त नभएको कृषि को जिम्मा लिएका कम्पनीका प्रतिनिधि बाट केन्द्रिय कार्यालय पठाउदा समेत प्राप्त नहुने गरेको गुनासो व्यक्त गरेका थिए ।

त्यस्तै, थप बीमा कम्पनीलाइ थप जिम्मेवार प्रदान गरि कृषि बीमा लाई सुलब बनाउनु पर्ने र जिम्म्बेबार निकायले उच्च प्राथमिकता दिनु पर्नेमा नदिएको हुदा समितिले थप सुबिधा दिनु पर्ने र बढि अनुगमन गर्नु पर्ने तथा सामाजिक उतरदायित्वा रकम छुट्याइ कार्य गर्नु पर्ने भन्ने जवाफ माग गरेका थिए ।

उक्त कार्यक्रमको संचालन बीमा समितिका सूचना प्राविधिक कृष्ण अधिकारीले गरेका थिए । स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक, बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*