अर्थसमितिमा पारित भएको बीमा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेश

३ असार २०७९, शुक्रबार १४:१४

काठमाडौं । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले संसदमा आजको प्रतिनिधि सभामा पेश भएको छ । संघिय अर्थ समितिका सभापति, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कृष्ण प्रसाद दाहालले आज संसद्मा पेश गर्दै उनले आज ससंद्मा पेश गरेका हुन् ।

बीमा विद्येयक सम्बन्धी विद्येयक संसदले २०७५ साउन २१ गते दफावार छलफलको लागि अर्थ समितिमा पठाएको थियो । संसदले पठाएको उक्त विद्येयक समितिले २०७५ मंसिर १७ गतेदेखि दफावार शुरुवात गरेको थियो ।

आजको. संसदमा समितिका सभापति दाहालले १७ वटा बैठकमा बीमा विद्येयक सम्बन्धी दफावार छलफल भएको जानकारी गराएका थिए ।बीमा क्षेत्रका सरोकारवालाहरुको उपस्थितिमा दफावार छलफल गरी आवश्यक परिमार्जन सहित प्रतिवेदन पेश गरिएको समितिका सभापति दाहालले संसद्मा उनले भने । संसदमा प्रतिनिधी सभाका १३ जना सदस्यहरुले ८५ बुँदामा संशोधन गर्नुपर्ने सुझाव पेश गरेका थियो ।

समितिले हिजो असार २ गते बीमा विद्येयकको दफावार छलफल सकाएर आजै संसदमा प्रतिवेदन पेश गरेको हो ।

अर्थमन्त्रीबाट संसदमा प्रस्तुत विधेयक पास भएमा बीमा समिति रहने छैन र हाल बीमा समितिले गर्दै आएको काम नेपाल बीमा प्राधिकरणले गर्ने छ। हाल बीमा समितिमा कार्यरत कर्मचारीको सेवा सुविधा बीमा समितिले तयार गर्न पाउने विधेयक पास भएपछि सो अधिकार अर्थमन्त्रालयलाई जाने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*