स्नातक उत्तिर्णले बीमा कम्पनीको सिइओ बन्न पाउने, यस्तो छ प्रस्तावित ऐनको व्यवस्था

४ असार २०७९, शनिबार १९:४२

काठमाडौं । संसदमा मस्यौदाको रुपमा रहेको बीमा ऐन २०७९ मा बीमा कम्पनीमा सिईओ हुनका लागि स्नातक योग्यता भए पुग्ने भएको छ । प्रस्तावित बीमा ऐनको दफा ५७ को उप दफा ५ अनुसार बीमा कम्पनीको सिईओ हुन स्नातकोत्तर उत्तिर्ण गरेकाले कम्तीमा एक वर्ष बीमा क्षेत्रमा सहित कूल सात वर्ष र स्नातक तह उत्तिर्ण व्यक्तिले बीमा क्षेत्रमा १० वर्ष वा कम्तीमा बीमा क्षेत्रमा एक वर्ष कार्यअनुभव सहित न्यूनतम १२ वर्ष अनुभव भएकाले सिईओ बन्न पाउनेछन् ।

बीमा कम्पनीको अध्यक्ष र सञ्चालक बन्न स्नातकोत्तर र सिईओ बन्न स्नातक चाहिने व्यवस्था केही अव्यवहारिक भएको र सञ्चालक तथा अध्यक्ष हुन स्नातक उत्तिर्णले पनि पाउनुपर्ने सुझाव बीमा क्षेत्रमा उठेको छ ।

बीमा, मौद्रिक, बैंकिङ, वित्तिय, बाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा बाणिज्य कानुन अध्ययन गरेकोले बीमा कम्पनीको सिईओ बन्न पाउनेछन् ।

 

 

स्नातकोत्तर उत्तिर्णले बैंकिङ क्षेत्रमा कम्तीमा आठ वर्ष, बीमा क्षेत्रमा पाँच वर्ष र दुवै क्षेत्रमा भए बीमा क्षेत्रमा कम्पनीमा एक वर्षसहित सात वर्षको कार्यअनुभवको आधारमा सिईओ बन्न पाउनेछन् ।

त्यस्तै, स्नातक उत्तिर्णले बैंकिङ क्षेत्रमा भए १५ वर्ष, बीमा क्षेत्रमा मात्रै भए १० वर्ष र बीमा र बैंकिङ दुवै क्षेत्रमा भए कम्तीमा एक वर्ष बीमा क्षेत्रमा सहित कूल १२ वर्ष कार्य अनुभवको आधारमा सिईओ बन्द योग्यहुनेछन् ।

प्रस्तावित बीमा ऐनमाथि अर्थ समितिमा छलफल भई सो को प्रतिवेदन प्रतिनिधि सभामा फिर्ता भइसकेको छ । अब प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाबाट पारित भएपछि मात्रै राष्ट्रपति समक्ष स्वीकृतिको लागि पेश हुनेछ । राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्रै बीमा ऐन लागू हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*