रामेछाप नगरपालिका र खाडादेवी गाउँपालिकाका जनप्रतिनिधिसँग बीमा समितिको अन्तरक्रिया, कृषि बीमाको समस्या हल गर्न माग

५ असार २०७९, आईतवार ०७:३५

काठमाडौं । रामेछाप जिल्लाको दुई स्थानीय निकायमा एकै दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार जिल्लाको रामेछाप नगरपालिका र खाडादेवी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय जनतासँग बीमा समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

बीमा समितिका उप निर्देशक निर्मल अधिकारीको विशेष आतिथ्यमा रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेको प्रमुख आतिथ्यमा रामेछापमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधिलाई बीमा सेचतना सम्बन्धी जानकारी गराइएको थियो ।
यसैगरी, स्थानीय सर्वसाधारणलाई बीमाबारेमा जानकारी गराइएको छ । कार्यक्रममा उपस्थितहरुले बीमा सम्बन्धी जिज्ञाशा राखेका थिए । बीमा कम्पनीहरुले समयमा दावी भुक्तानी नगर्ने, कृषि बीमाका समस्याहरु उठाएका थिए ।

 

कार्यक्रममा रामेछापन नगरपालिकाका मेयर लवश्री न्यौपाने र उपमेयर बाल कुमारी कार्की थापा, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे तथा अन्य वडा अध्यक्षहरु र बीमा कम्पनीका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका मुख्य प्रवन्धक गुणराज श्रेष्ठले बीमाका विविध पक्षमा जानकारी गराएका थिए ।

त्यसैगरी, शनिबार नै खाडादेवी गाउँपालिकामा पनि बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्ष रमा घिसिङको विशेष उपस्थितिमा बीमा समितिका उप निर्देशक निर्मल अधिकारीको प्रमुख आतिथ्यमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा सहभागी स्थानीय सर्वसाधारणलाई बीमाको महत्व र यसले पार्ने प्रभावका विषयमा जानकारी गराइएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*