बीमा समितिका अध्यक्ष र सञ्चालकहरु बीमा प्राधिकरणमा निरन्तरता दिने प्रस्ताव (बीमा ऐनको मस्यौदासहित)

५ असार २०७९, आईतवार ११:४१

काठमाडौं । अर्थ समितिले बीमा समितिका वर्तमान अध्यक्ष र सञ्चालकहरुलाई उनीहरुको बाँकी कार्यकाल बीमा प्राधिकरणमा निरन्तरता दिने प्रस्ताव गरेको छ । अर्थ समितिबाट पास भएको सो विधेयकमा यसअघि बीमा समितिका अध्यक्ष र सञ्चालकहरु बीमा प्राधिकरण गठन भएसँगै पदमुक्त हुने र नयाँ नियुक्त गर्नुपर्ने व्यवस्थामा संशोधन गरेर निरन्तरता दिने निर्णय गरेको हो ।

यद्यपि उक्त निर्णय बीमा समितिका वर्तमान अध्यक्ष सूर्य प्रसाद सिलवाललाई लक्षित गरेर नभई यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईको लागि गरिएको थियो । उक्त प्रस्तावित बीमा ऐन राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ ।

यसैबीच, बीमा समितिको अध्यक्ष यसअघि जस्तो मन्त्रिपरिषदबाट सिधैं नियुक्ती गर्ने व्यवस्था हटाइएको छ । र, नयाँ व्यवस्था अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरी सोही समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीन जना मध्येबाट मन्त्रिपरिषदबाट एक जना बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुनेछन् ।

 

बीमा ऐनको मस्यौदा

beema act draft

 

बीमा ऐनमाथि अर्थ समितिमा भएको संशोधन

beema report_asar 2

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*