लघुबीमा कार्यक्रम पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा

७ असार २०७९, मंगलवार १७:००

काठमाडौं । लघुबीमा कार्यक्रम अब चार पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा सञ्चालन ल्याईने भएको छ । बीमा समितिले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको उक्त कार्यक्रमलाई चार पाँच महिनाभित्रै सातवटै प्रदेशमा नमूनाका रूपमा संचालन गर्ने गरी तयारी गरेको जनाएको छ।

बीमा समितिले आयोजना गरेको ‘कृषि तथा पशुपन्छी बीमाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम अध्यक्ष सूर्यप्रसाद सिलवालले यस्तो बताएका हुन् ।
उनले कृषि तथा पशुपन्छी बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समितिले लक्ष्य दिएर बीमा कम्पनीहरूलाई जिल्ला जिल्लामा खटाएको उल्लेख गरे ।लघुबीमा कार्यक्रम कार्यान्वयनमा आएपछि पनि बीमा कम्पनीहरूलाई दिइएको लघुबीमा कार्यान्वयनको जिम्मेवारी यथावत् रहने उनले स्पष्ट पारे ।

‘कृषकले जुन स्थानमा हुनुपर्यो, सरकारको बीमा अनुदान पनि त्यहीँ स्थानमा नै कम्पनीलाई भुक्तानी हुनुपर्यो, यसमा सम्बद्ध सबै सरकारी निकायहरू गम्भीर हुनुपर्छ,’ उनले भने ।

कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले कृषक लगायत सम्वद्ध सबै सरोकारवालाहरूको सहभागितामा यही असार ६ गते (हिजो) काठमाडौंमा कार्यक्रम आयोजना गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*