प्रोफेशनल इन्डेम्निटी बीमा सुरुवात गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्षको आग्रह

९ असार २०७९, बिहीबार १०:२४

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमालले प्रोफेशन इन्डेम्निटी बीमा सुरुवात गर्न बीमा समिति समक्ष आग्रह गरेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीले हिजो आयोजना गरेको विशेष कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष हमालले व्यवसायिक व्यक्तित्वहरु पत्रकार, वकिल, डाक्टर, इन्जिनियर, पाइलट आदिमा आईपर्ने जोखिम कभर हुने गरी नेपालमा नयाँ बीमाको सुरुवात गर्न आग्रह गरेका हुन् ।

प्रेसलाई निषेध गरिएको तर सार्वजनिक व्यक्तित्व नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष हमालले बीमा क्षेत्रको धेरै फराकिलो भएकोले बीमा समितिले समय सापेक्ष नयाँ योजनाहरु ल्याउनुपर्ने बताए ।

अध्यक्ष डा. हमालले शेयर बजार घटेको अवस्थामा लगानीकर्ताहरुलाई निकै अप्ठेरो अवस्था रहेको समेत चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष तथा प्रमुख अतिथि सूर्य प्रसाद सिलवालले हिमालयन रि इन्स्योरेन्स कम्पनीको भविष्य निकै उज्वल रहेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीले आयोजना गरेको कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसहितका अन्य उच्च पदस्थ अधिकारीहरु, अधिकांश बीमा कम्पनीका सिईओ तथा डेपुटी सिईओ र पुनर्बीमा विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एलआईसी इण्डियाका प्रतिनिधि, जेबी बोडाका प्रतिनिधिहरु समेतले मन्तव्य राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*