बीमा समिति कर्णाली प्रदेशद्धारा बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग अन्तरक्रिया सम्पन्न

११ असार २०७९, शनिबार १४:४८

सुर्खेत । भर्खरै मात्र स्थापना भएको बीमा समितिको कर्णाली प्रदेश कार्यालयले यस प्रदेशभित्रका बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा समिति कर्णाली प्रदेश कार्यालयले निर्जिवन तथा जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग छुट्टा छुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बीमा समितिका कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीको प्रमुख आतिथ्यमा सबै बीमा कम्पनीका प्रदेश प्रमुखहरु उपस्थित कार्यक्रममा प्रदेशभित्रका बीमाका समस्या, समाधानका उपायहरुका बारेमा छलफल भएको थियो । कार्यक्रममा बीमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले बीमाको पहुँच बृद्धि हुने गरी काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा उपस्थित बीमा कम्पनीका प्रदेश प्रमुखहरुले यस क्षेत्रका समस्या, भोग्नु परेको अप्ठेरोहरुका बारेमा बीमा समितिलाई जानकारी गराएका थिए ।

बीमा समितिका उप निर्देशक तथा कर्णाली प्रदेश प्रमुख सोडारीले बीमाको पहुँच बृद्धि हुने गरी बीमा सचेतना फैलाउन तथा दावी भुक्तानी अझै सरल र सहज बनाउन निर्देशन दिए ।

यसैबीच, कर्णाली प्रदेश सरकारको आयोजनामा बाली तथा पशुपंक्षी बीमा निर्देशिकामाथि छलफल गरिएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको आयोजनामा कृषि विकास र बीमा समितिको कर्णाली प्रदेशको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पशु तथा बाली बीमालाई सहज रुपमा किसानको घेरदैलोमा पुर्याउने सम्बन्धमा छलफल भएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*