सगरमाथा इन्स्योरेन्सबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिका नाममा उच्च अदालतको आदेश

१२ असार २०७९, आईतवार १२:२८

काठमाडौं । उच्च अदालत पाटनले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । आदेशसँगै अब बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट बीमित गौरी शंकर फर्निसिङलाई तीन करोड ९६ लाख भन्दा बढि रकम भुक्तानी गराउनुपर्ने भएको छ । बीमा समितिले तत्कालै रकम दाखिला गर्न लगाउन आदेश दिई नमानेको खण्डमा पक्राउ पुर्जी समेत जारी गरी फैसला कार्यान्वयन गराउने बाटो खुलेको छ ।

उच्च अदालत पाटनले यही असार २ गते गरेको फैसलामा बीमा समितिको नाममा तत्काल फैसला कार्यान्वयन गराउन निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधिश अमृत बहादुर बस्नेत र जनक पाण्डेको संयुक्त पूर्ण इजलाशले यस्तो आदेश दिएको हो । आदेशसँगै विवादित सगरमाथा इन्स्योरेन्स कम्पनीमार्फत दावी भुक्तानी भराउने जिम्मेवारी बीमा समितिको काँधमा आइपरेको छ ।

बीमा समितिले उच्च अदालतबाट जारी आदेश बमोजिम तत्कालै सगरमाथा इन्स्योरेन्स कम्पनीबाट रकम भुक्तानी गराउनु पर्ने भएको छ । सो सम्बन्धी आदेश उच्च अदालतबाट बीमा समिति आइसकेकोले अब फैसला कार्यान्वयन गराउन दिनगन्ती सुरु भएको छ । फैसलामा सगरमाथा इन्स्योरेन्स कम्पनीले दावी भुक्तानी दिन नमानेको १८ वटा भ्याटबिल बराबरको रकम हिसाब गरी दावी भुक्तानी गर्नुपर्ने रकम निर्धारण गरी सगरमाथा इन्स्योरेन्स कम्पनीबाट दावी भुक्तानी गराउनुपर्नेछ ।

बीमा समितिबाट यसअघि २०७८ चैत्र २२ गते जारी फैसला कार्यान्वयन सम्बन्धी निर्देशन अस्पष्ट भएकोले उच्च अदालतले खारेज गरिदिएको छ । फैसला कार्यान्वयन गराउने उद्देश्यले बीमा समितिले ७ दिने पत्र काटेको थियो । सगरमाथा इन्स्योरेन्स कम्पनीले बागबजारस्थित गौरी शंकर फर्निसिङ र बीमा समितिका विरुद्धमा उच्च अदालतमा दर्ता गराएको रिट खारेज समेत गरिदिएको छ । आगोलागी पीडित बीमितलाई दावी भुक्तानी नदिने भन्ने उद्देश्यले सगरमाथा इन्स्योरेन्स कम्पनीले दायर गरेको रिट खारेजसँगै सगरमाथा इन्स्योरेन्स कम्पनी अब रकम तिर्नैपर्ने अवस्थामा आइपुगेको छ ।

 

 

 

 

One thought on “सगरमाथा इन्स्योरेन्सबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिका नाममा उच्च अदालतको आदेश

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*