बीमा कम्पनीहरु सेवामूलक कम नाफामूलक बढी भए: उर्जा मन्त्री भुसाल

निसाको जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी
१२ असार २०७९, आईतवार १७:५५

काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)ले आयोजना गरेको जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर : ह्वाइट गोल्ड) आयोजना भईरहेको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गरेको कार्यक्रम साँझसम्म सेसन चल्ने छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्य मन्त्री, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्याय, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर लगायतको उपस्थिति थियो ।

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले आज आइतबार राजधानीको जमलस्थित एक होटेलमा गोष्ठीको आयोजना गरेको हो । .गोष्ठीमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्ता लगायतसँग विस्तृत छलफल र अन्तरक्रिया भईरहेको छ ।

नेपालको अर्थतन्त्र विकासको लागि जलविद्युतले गर्न सक्ने योगदानलाई आत्मसाथ गर्दै कार्यशाला गोष्ठी आयोजना गरिएको कार्यक्रममा तीन सेसनको कार्यपत्र पेश भईसकेको छ। कार्यक्रका प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीले कार्यक्रममा बीमा सम्बन्धी पछिल्लो समय देखिएको समस्याहरुको बारेमा निराकरण गर्न तयार रहेको बताएकि छिन् । त्यस्तै, उनले बीमालाई नाफामूलक रुपमा भन्दा बढी सेवामूलकमा ध्यान दिन आग्रह गरेकि छिन् । उनले पछिल्लो समय बीमा कम्पनीहरु सेवामूलक कम नाफामूलक बढी भएको भन्दै गुनासो व्यक्त गरिन् । बीमा कम्पनीहरुलाई सेवामूलकको पाटोबाट पनि हेर्न आग्रह गरिन् ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यक्रममा बीमा दाबी भुक्तानीमा बीमा कम्पनीहरुको समस्या भन्दा सर्भेयरहरुले समयमा प्रतिवेदन पेश नगर्दा समस्या भईरहेको हुँदा यस कुरामा बिशेष ध्यान दिन आग्रह गरेका छन् ।

गोष्ठीले जलविद्युत क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरु, लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूर्नबीमक, भवितव्य भई क्षति भएमा क्षतिको मूल्याङ्कन गर्ने क्षति मूल्याङ्कनकर्ता, बीमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्ता, सम्पुर्ण लगानीकर्ताहरुको लगानी सुरक्षालाई बीमा क्षेत्रमा नियमन गर्ने नियमनकारी निकायबीचको अकर्मण्यताको निदान गर्न, असमझदारीको खाडल पुर्ति गर्न मार्ग निर्देशन गर्नुका साथै सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माण गर्न सहायक भुमिकामा रहेर जाने बिषयमा प्रस्तुतकर्ता र सरोकारहरुसँग राखेर प्रत्यक्ष छलफल गरेका थिए ।

जलविद्युत तथा उर्जा विकासकर्ताहरुलाई लक्षित गरी सो क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुलाई एकै स्थानमा राखी आ–आफ्नो ज्ञान आदान प्रदान तथा बृहत् छलफल र प्रस्तुती भईरहेको छ ।चार वटा सत्रमा संचालन हुने गोष्ठीमा बीमा, जलविद्युत र सर्भेयरका तर्फबाट विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र सोही प्रस्तुतिमा छलफल हुनेछ ।

एसोसिएसनले सम्पुर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दाबी विभाग प्रमुख र मार्केटिङ विभाग प्रमुख, नियामक निकायदेखि सरोकारवाला निकायहरुलाई गोष्ठीमा सहभागिताका लागि आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*