बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या

१३ असार २०७९, सोमबार १६:२३

काठमाडौं । बीमितहरुले समयमा कन्फिडेन्सियल रिपोर्ट सर्भेयर वा बीमा कम्पनीहरुमा बुझाउन नमान्दा जोखिम विश्लेषणमा समस्या हुने एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले औल्याएका छन् ।

जोबी बोडाका बरिष्ठ महाप्रबन्धक संजिव सुवेदीले बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको बताए ।
नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले आयोजना गरेको ‘सिम्पोजियम अन पावर अफ हाइड्रोपावरः ह्वाइट गोल्ड’ विषयक गोष्ठीमा उनले बीमितले प्रोजेक्टको कन्फिडेन्सियल रिर्पोट नदिँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको भन्दै कार्यक्रममा गुनासो व्यक्त गरेका हुन् ।

‘बीमा गर्दा विस्तृत विवरण नै नहेरी कुन आधारमा विश्लेषण गर्ने भन्ने समस्या त हुने नै भयो’ उनले भने । बैंकलाई सबै व्यक्तिगत विवरण दिने बीमितले बीमा कम्पनीहरुलाई सबै विवरणहरु दिन किन झन्झट मान्छन् यसले बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको उनको तर्क छ ।

बीमाको प्रस्ताव फारम भर्दा बीमितहरुको व्यक्तिगत विवरण नै स्पष्ट नखुल्दा दाबीको समयमा झनै समस्या बढ्ने र सर्भेयरलाई समेत अध्ययन गर्न समस्या भइरहेको उनले कार्यक्रममा बताएका थिए । यस्तो समस्या आउन नदिन बीमित आफै सजग रहनुपर्ने उनको धारणा रहेको छ । स्टक इन्स्योरेन्सको बीमा गराँउदा हामीले तपाईलाई कँहा विस्तृत विवरण देखाउन मिल्छ भन्छन्, त्यस्तै, हाईड्रोपावरको बीमा गर्न जाँदा पनि यस्तै समस्या देखाईन्छ ।

चार पानाको प्रपोजल फारममा आधा पाना पनि हस्ताक्षर भएको हुँदैन । त्यसलाई कुन आधारबाट हामीले जोखिम विश्लेषण गर्ने ? भन्ने कठिनाई सिर्जना हुन्छ । प्रपोजलमा बीमितको नाम अपुरो हुन्छ, स्थान आधिकारिक हुँदैन ।

सुवेदीले भने, ‘जब दाबी भुक्तानीको समय आँउछ तब बीमा सर्भेयर माथि त्यसको बज्रपात पर्न जान्छ । सर्भेयरले सबै विवरणको आधारमा जोखिम बिश्लेषण गनुपर्ने हुन्छ ।’ बीमितको प्रस्ताव फाराममा आधा पानाको विवरण र हस्ताक्षर हुने हुँदा ठूला परियोजनामा सर्भेयरहरुले समय लगाउने गरेको उनले कार्यक्रममा बताए ।
दावी भुक्तानीमा समस्या सिर्जना हुँदा निर्जवन बीमा कम्पनीहरुमा धेरै समस्या देखिरहेको हुँदा बीमितलाई प्रस्ताव फारम पूर्ण रुपमा भर्न लगाउन कम्पनीह र बीमित दुबैलाई आग्रह गरेका छन् । काठमाडौं । जोबी बोडाका बरिष्ठ महाप्रबन्धक संजिव सुवेदीले बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको बताएका छन् । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले आयोजना गरेको ‘सिम्पोसियम अन पावर अफ हाइड्रोपावरः ह्वाइट गोल्ड’ विषयक गोष्ठीमा उनले बीमितले प्रोजेक्टको कन्फिडेन्सियल रिर्पोट नदिँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको भन्दै कार्यक्रममा गुनासो व्यक्त गरेका हुन् ।

बीमा गर्दा विस्तृत विवरण नै नहेरी कुन आधारमा विश्लेषण गर्न त हुने नै भयो उनले भने । बैंकलाई सबै व्यक्तिगत विवरण दिने बीमितले बीमा कम्पनीहरुलाई सबै विवरण दिन किन झन्झट मान्छन् यसले बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको बताएका छन् ।

बीमाको प्रस्ताव फारम भर्दा बीमितहरुको व्यक्तिगत विवरण नै सपष्ट नखुल्दा दाबीको समस्यामा समय बढ्ने र सर्भेयरलाई समेत अध्ययन गर्न समस्या भईरहेको उनले कार्यक्रममा बताएका थिए । यस्तो समस्या आउन नदिन बीमित आफै सजग रह्नुपर्ने उनको धारणा रहेको छ। स्टक इन्स्योरेन्सको बीमा गराँउदा हामीले तपाईलाई कँहा विस्तृत विवरण देखाउन मिल्छ भन्छन्, त्यस्तै, हाईड्रोपावरको बीमा गर्न जाँदा पनि यस्तै समस्या देखाईन्छ ।

त्यस्तै, चार पानाको प्रपोजफल फारममा आधा पाना पनि हस्ताक्षर भएको हुँदैन । त्यसलाई कुन आधारबाट हामीले जोखिम विश्लेषण गर्ने त भन्ने कठिनाई सिर्जना हुन्छ । प्रपोजलमा बीमितको नाम अपुरो हुन्छ, स्थान आधिकारिक हुँदैन । हस्ताक्षरको आधारमा मात्रै आधा पानाको प्रपोजल फर्म दराजमा नै हुन्छ ।

जब दाबी भुक्तानीको समय आँउछ तब बीमा सर्भेयर माथि त्यसको बज्रपात पर्न जान्छ । सर्भेयरले सबै विवरणको आधारमा जोखिम बिश्लेषण गनुपर्ने हुन्छ । बीमितको प्रस्ताव फाराममा आधा पानाको विवरण र हस्ताक्षर हुने हुँदा ठूला परियोजनामा सर्भेयरहरुले समय लगाउने गरेको उनले कार्यक्रममा बताए ।
यस्तो समस्या सिर्जना हुँदा निर्जिवन बीमा कम्पनीहरुमा धेरै समस्या देखिरहेको हुँदा बीमितलाई प्रस्ताव फारम पूर्ण रुपमा भर्न लगाउन कम्पनीह र बीमित दुबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा अन्य सहभागीहरुले पनि सबैले सर्भेयरलाई मात्रै दुःख देख्ने तर यसभित्र बीमित, बीमा कम्पनी सबैका कारण कामहरु अल्झिने गुनासो गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*