बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १९ प्रतिशतले बढ्यो, ३६ प्रतिशतमा पुग्यो बीमाको दायरा

काठमाडौं । चालु आर्थिक बर्षको तुलनामा बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ। बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।११ बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको पहुँच ३६।९३ प्रतिशत पुगेको छ ।
गत आर्थिक बर्षको सोहि अवधिमा २४ दशमलव ८१ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । सावधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् ।
संख्याको आधारमा पछिल्लो ११ महिनामा ३ करोड २ लाख नेपाली बीमाको दायरामा जोडिएका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा २ करोड २९ लाख नेपाली बीमाको दायरामा थिए ।
बीमाको पहुँचसम्बन्धी यो तथ्यांक सरकारले लिएको लक्ष्यभन्दा बढी हो । सरकारले चालू आवको असार मसान्तभित्र ३३ दशमलव ३३ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो ।
तर, पुस मसान्तभित्र नै बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा पुगेको समितिको तथ्यांकले पुष्टि गरेको छ ।चालू आवको असार मसान्तसम्ममा ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने समितिको अनुमान रहेको छ ।
सम्भावित दोहोरोपन हटाएर त्यस बराबरको जनसंख्यामा बीमाको पहुँच पुगेको समितिको भनाइ छ । एउटै व्यक्तिले पनि २ वा त्यसभन्दा बढी पटक बीमा गरेका पनि हुन्छन् । एक बर्षमा बीमाको पहुँच १० प्रतिशतले वृद्धि हुनु राम्रौ रहेको बीमा अधिकारीहरु बताँउछन् ।
त्यस्तै, कुल बीमाशुल्क संकलन ११ महिनाको अवधिमा १९ प्रतिशतले बढेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या (२ करोड ९१ लाख) को आधारमा ३६।९३ प्रतिशतभन्दा बढी नेपालीमा बीमाको पहुँच पुगेको देखिन्छ । तर, जनगणनाको अन्तिम तथ्यांक सार्वजनिक भएपछि मात्रा सोहीअनुसार बीमाको पहुँच गणना गरिने समितिको भनाई छ ।
नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झन्डै ५ दशक भएको छ । तर, लामो समयसम्म यसको दायरा बढ्न भने सकेको थिएन ।तर, पछिल्ला ४/५ वर्ष यता भने बीमाको बजारसँगै पहुँच पनि ह्वात्तै बढेको छ । ५ वर्षअघि बीमाको पहुँच ७ प्रतिशत नेपालीमा मात्र पुगेको थियो ।











