बीमा कम्पनीहरुको आवश्यकताबारे बीमा समितिले यस बर्ष अध्ययन गर्ने

२ श्रावण २०७९, सोमबार १३:०५

काठमाडौं । चालु आर्थिक बर्षमा नेपालमा कति बीमा कम्पनीहरुको आवश्यक छ भन्ने बिषयमा अध्ययन गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस बर्ष यो बिषयमा अध्ययन गरिने बताएका छन्।

बीमा समितिले नेपालको भुगोल, अर्थतन्त्रको अवस्था हेरेर कति बीमा कम्पनी चाहिने हो अध्ययन गरिने जनाएको छ। बीमा क्षेत्रको पहिलो मर्जर एकिकृत कार्यक्रममा उनले बीमा यस्तो बताएका छन् । बीमा कम्पनीहरुमात्रै धेरै भएर बीमा व्यवसाय बढ्ने हैन । कम्पनीले रिक्स कति वहन गर्न सक्छन् भन्ने बिषयमा पनि महत्वपूर्ण रहेको हुन्छ ।

जनसङख्याको आधारमा भारतमा भन्दा नेपालमा कम जनसङख्या रहेको देशमा कसरी बीमा कम्पनीहरु धेरै भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ।यसै प्रश्नको उत्तर मेटाउन बीमा यस बर्ष बीमा समितिले नेपालमा कति बीमा कम्पनीहरु आवश्यक छ भन्ने बिषयमा अध्ययन गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*