बीमा कम्पनीमा मर्जरको लहर, १९ कम्पनीलाई समितिले दियो मर्जरको सौद्धान्तिक सहमति (सूचीसहित)

२ श्रावण २०७९, सोमबार १७:४८

काठमाडौं । बीमा समितिले पुँजि वृद्धि अनिवार्य गरेसँगै १९ बीमा कम्पनीहरुले मर्जरको लहर सुरु भएको छ । समितिले मर्जरमा जाने १९ बीमा कम्पनीलाई सौद्धान्तिक सहमति दिएका छन् ।जसमध्ये नौ जीवन बीमा कम्पनी र १० निर्जिवन बीमा कम्पनीहरुले एक आपसमा मर्जर प्रकृयामा जानको लागि बीमा समितिबाट सौद्धान्तिक सहमति पाएका हुन् ।

मर्जर प्रकृयामा आएका कम्पनीहरुलाई बीमा समितिको पूर्ण सहयोग रहेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताँउछन् । चालू आर्थिक बर्षको मसान्तसम्म अर्थात असार मसान्तसम्म जीवन तथा निर्जीवन गरि १९ बीमा कम्पनीले मर्जर तथा प्राप्तिको बाटो रोजेका हुन्।

प्राइम, गुराँस र युनियन लाइफबाट सुरु भएको मर्जर तथा प्राप्ति प्रकृया असार मसान्तसम्म आइपुग्दा १९ कम्पनी पुगेका छन्। जसमा आज अर्थात असार ३२ गते मात्रै मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका प्रभु र अजोड़ इन्स्योरेन्स कम्पनी पनि रहेका छन्।

मर्जर तथा प्राप्तिमा जाने १९ कम्पनीमा ९ वटा कम्पनी जीवन बीमा रहेका छन् भने बाँकी निर्जीवन रहेका छन्। मर्जर तथा प्राप्तिमा जाने निर्णय गरेका १९ वटा कम्पनी अब घटेर ९ वटा कम्पनी बन्ने भएका छन्।

मर्जर तथा प्राप्तीमा जाने जीवन बीमा कम्पनीमा प्राइम, गुराँस, युनियन, सानिमा, रिलायन्स, सुर्य र ज्योति लाइफ, प्रभु र महालक्ष्मी लाइफ रहेका छन् भने निर्जीवनमा सगरमाथा, लुम्बिनी जेनेरल, एभरेष्ट, हिमालयन जेनेरल, प्रिमियर, सिद्दार्थ, सानिमा जेनेरल, जेनेरल, प्रभु र अजोड़ इन्स्योरेन्स रहेका छन्।

जसमा प्राइम, गुराँस र युनियन मिलेर नयाँ कम्पनी बन्नेछ । नाम र सिईओ फाइनल भइसकेको छैन । सानिमा र रिलायन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन। त्यस्तै सुर्य र ज्योति लाइफले तथा प्रभु र महालक्ष्मी लाइफ पनि एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता गरेका छन्।

त्यस्तै निर्जिवन तर्फ सगरमाथा र लुम्बिनी जनरल, प्रिमियर र सिद्दार्थ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्सबीच एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता भएको छ। हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर सम्पन्न भइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*