रोकिएको बीमा विधेयक अघि बढाउन सभामुखलाई अध्यक्ष मल्लको आग्रह

३ श्रावण २०७९, मंगलवार १९:१४

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बीमा विधेयक सहित अन्य विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले अर्थतन्त्रसंग सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारीले सभामुख सापकोटासंग बिचाराधिन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा नीजि क्षेत्रसंग सम्वन्धित कतिपय समस्याहरु सम्वोधन हुन नसकेको बताएका थिए ।

धितोपत्र सम्वन्धी ऐनलाई संशोधन गर्ने सम्वन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ । यस्तै बैंक तथा वित्तिय संस्था सम्वन्धी ऐन २०७३ लाई संशेधन गर्ने सम्वन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ ।

बीमा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघी अर्थसंग सम्वन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे ।

उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्वन्धित सवै विधेयकहरुलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुखलाई आग्रह गर्दछु, ।’

सभामुख संगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुख लाई आग्रह गरे ।
गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रर्वद्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न वनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गराए । संघीय निर्वाचन अघि अर्थतन्त्रसंग जोडिएका सवै विधेयकहरु पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए ।

चेम्बर पदाधिकारीसंगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।
सभामुख सापकोटाले भने, ‘केही विधेयकलाई अघि बढाउन सम्वन्धित निकायमा भनिसकेको छु, । बजेटसंग सम्वन्धित विद्येयकहरु करिव करिव सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’

छलफलका क्रममा रहेका आर्थिक विधेयकहरुका सम्वन्धमा सम्वन्धित समितिका सभापतिहरुसंग जानकारी लिने समेत सभामुख सापकोटाले बताए ।
सबै आर्थिक विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन आफुले पहल गर्ने सभामुख सापकोटाको भनाई छ ।
सभामुखसंगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चारवर्ष देखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*