हरेक बीमा कम्पनीमा स्वतन्त्र लेखा परिक्षण समिति बनाउन बीमा समितिको निर्देशन

४ श्रावण २०७९, बुधबार १४:२६

काठमाडौं । बीमा समितिले हरेक बीमा कम्पनीहरुलाई स्वतन्त्र लेखा परिक्षण कमिटी बनाउन निर्देशन जारी गरेको छ । बीमा समितिले बीमा कम्पनीहरुको आन्तरिक लेखा परिक्षण निर्देशिका २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार बीमा कम्पनीमा नियुक्त हुने स्वतन्त्र सञ्चालकको नेतृत्वमा आन्तरिक लेखा परिक्षण समिति बनाउनुपर्नेछ । जसमा चार्टर्ड एकाउन्टेन्ट अनिवार्य गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट पाँच वर्षभन्दा बढी अनुभव भएको चार्टर्ड अकाउण्टेण्ट वा स्नातक तह उतीर्ण भई १० वर्ष कार्य गरेको अनुभवी हुनुपर्ने प्रावधान समेत राखिएको छ ।

लेखापरीक्षण समिति संचालक समिति प्रति जिम्मेवार हुने व्यवस्था गरिएको छ । साथै लेखापरीक्षणमा देखिएको सम्पूर्ण कैफियतहरु समितिले सिधै संचालक समितिसमक्ष पेश गर्नुपर्नेछ । लेखापरीक्षण समितिको बैठक वर्षभरमा कम्तीमा ८ पटक र तीन महिनामा कम्तीमा दुई पटक भएको हुनुपर्ने अनिवार्य व्यवस्था बीमा समितिले गरेको छ ।

लेखा परिक्षण समितिले बीमा कम्पनीको वित्तिय विवरण तयार पार्न सघाउने तथा कम्पनीका जोखिम बढेको छ वा छैन भनेर नियमित मनिटरिङ गर्नुपर्नेछ । कम्पनीभित्र हुने आन्तरिक लेखा परिक्षणको पनि नियमित मनिटरिङ गर्ने जिम्मेवारी लेखा परिक्षण समितिलाई तोकिएको छ ।

लेखा परिक्षण समितिले आन्तरिक लेखा परिक्षक नियुक्ती गर्ने तथा हटाउने अधिकार समेत बीमा समितिले दिएको छ । लेखा परिक्षण समितिले बार्षिक रुपमा आफ्ना कामहरुको समीक्षा गर्नुपर्ने समेत व्यवस्था बीमा समितिले लेखा परिक्षण सम्बन्धी निर्देशिका २०७९ मा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*