कैलालीको गोदावरीमा बीमा अन्तक्रिया सम्पन्न, कृषि बीमाको अनुदानबारे जनचेतना फैलाउन माग

९ श्रावण २०७९, सोमबार ११:५०

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकामा बीमा समितिले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बीमा समितिले आयोजना गरेको गोदावरी नगरपालिकासँग बीमा समिति बिषयक अन्तक्रिया तथा छलफल कार्यक्रम हिजो सम्पन्न भएको हो ।

बीमा समितिका उपनिर्देशक विरोध भट्टले प्रस्तुतीकरण गरेका थिए भने सहायक निर्देशक प्रेमहरी पोखरोल र दिपक ज्ञवालीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं गोदावरी नगरपालिकाका उपमेयर शारदा देवी रोकायाले विगतमा बीमाबाट आफूले पाएको सुरक्षणको बारेमा वर्णन गर्दै बीमा जोखिम सुरक्षण उत्तम माध्यम भएको बताएकि थिईन् । उक्त क्षेत्रमा सबै खालका घर धुरीको बीमा गर्न ईच्छुक रहेको वडाअध्यक्षहरुले बताएका थिए।

त्यस्तै, कार्यक्रममा सहभागी स्थानियहरुले बीमा दाबी झन्झरहित हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै, कृषि बीमाको अनुदानबारे जनचेतना फैलाउन माग समेत गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका उपमेयर शारदा देवी रोकाया, वडाअध्यक्ष, स्थानिय, जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

बीमा समितिले बीमा सचेतना कार्यक्रमका लागि विभिन्न जिल्लाहरुमा अन्तक्रिया गर्दै आईरहेको छ ।बीमाको दायरा विस्तारमा सहयोग पुग्ने हेतुले यस्ता कार्यक्रम निरन्तर संचालन हुँदै आईरहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*