सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जङ्ग पाण्डेद्धारा शपथग्रहण

११ श्रावण २०७९, बुधबार १६:२३

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नव निर्वाचित अध्यक्ष   पाण्डेलेप्रदीप जङ्ग पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष कम्पनीका अध्यक्ष पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

केही दिन पहिलो सम्पन्न भएको साधारणसभाबाट पाण्डे आगामी चार वर्षका लागि कम्पनीको अध्यक्षमा निर्वाचित भएका थिए ।शपथग्रहण लगत्तै पाण्डेले आजै पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गर्ने बीमित अधिकतम् लाभ, कम्पनीमा लगानीकर्ताहरुलाई उचित प्रतिफल दिने र जीवन बीमा सेवालाई अझै सहज र सरल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*