अर्थमन्त्री शर्माद्धारा निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय

१५ श्रावण २०७९, आईतवार १९:०४

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् ।सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका छन् ।

मन्त्री शर्माले पहिलो निर्णय निक्षेप बीमाको सीमा बढाउने निर्णय गरेका छन् । चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*