सर्जन बिक घटनामा बीमा समितिले छानविन प्रक्रिया अघि बढायो, मंगलबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन

१६ श्रावण २०७९, सोमबार १८:१६

काठमाडौं । बीमा समितिले सर्जन बिक प्रकरणमा छानविन गर्ने भएको छ । समितिले छानविनका लागि निर्देशन दिएकोले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई भोलि सोमबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन दिएको छ ।

समितिले रिलायन्स लाइफलाई आज पत्र पठाउँदै भोलि मंगलबार सक्कल फाइलसहित उपस्थित हुन भनेको हो । मंगलबार सक्कल फाइलसहित कम्पनीका दावी भुक्तानी विभाग प्रमुख तथा अण्डराईटिङ विभागका प्रमुखसहितका उच्च पदाधिकारीहरु बीमा समितिमा उपस्थित हुनुपर्नेछ । बीमा समितिले बीमा गरेदेखि दावी भुक्तानी प्रक्रिया समेतका विषयमा छानविन गर्नेछ ।

बीमा समितिले आज पठाएको पत्रमा भनिएको छ, त्यहाँ बीमकबाट बीमित सर्जन विकको नाममा जारी भएको बीमालेखमा जोखिमाङ्कन तथा दावी भुक्तानी प्रकृयामा अनियमितताजन्य कार्य भएको बीमालेखबाट गैरकानूनी लाभ लिन बीमितको हत्या तथा अपराधजन्य घटना भएको भन्ने सम्बन्धमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोबाट समेत अनुसन्धान भएको भनी बिभिन्न पत्रपत्रिका तथा अनलाईन खबरहरूमा प्रकाशन भएकोप्रति बीमा समितिको ध्यानाकर्षण हुन गएको छ । यस सम्बन्धमा बीमा ऐन २०४९ को दफा ३९ बमोजिम जाँचबुझ प्रयोजनका लागि उक्त बीमालेखसँग सम्बन्धित निम्न लिखित कागजातसहित पत्र प्राप्त भएको २४ घण्टाभित्र समितिमा उपस्थित हुन निर्णयानुसार जानकारी गराईएको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*