बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित, यसै वर्ष ऐन बन्ने

२९ श्रावण २०७९, आईतवार १३:३३

काठमाडौं । बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट आज पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बीमा विधेयक २०७५ संशोधन सहित बीमा विधेयक २०७९ को रुपमा पारित भएको हो ।

प्रतिनिधि सभाले यसअघि अर्थ समितिले प्रतिवेदनसहित पठाएको बीमा विधेयक माथिको संशोधन समेत समावेश गरी पारित गरेको हो । अब उक्त विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि मात्रै राष्ट्रपति समक्ष स्वीकृतिको लागि पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*