बीमा प्राधिकरणलाई स्वायत्त संस्थाकाे रूपमा बिकास गर्न बीमा ऐन, बीमाबारे एकीकृत समाधान हुन्छः मन्त्री शर्मा

२९ श्रावण २०७९, आईतवार १४:४७

काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक–२०७९ पारित गरेको छ । आईतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक–२०७९ लाई बहुमतले पारित गरेकाे हाे। अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐनलाई संसोधन गर्न बनेको बीमा विधेयक–२०७९ जारी भएपछि बीमा क्षेत्रमा थप सुधार बाटो खुल्ने बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा बीमा विधेयक–२०७९ का विषयमा भएको छलफलमा मन्त्री शर्माले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले बीमक समस्याग्रस्त भएमा के गर्ने भन्ने व्यवस्था विद्येयकमा समावेश भएको बताए ।

अर्थ समितिले यो विधेयक सबैसँग छलफल गरेर पहिला नै प्रतिवेदन तयार पारेको उनको भनाइ छ । चार बर्षपछि प्रतिनिधि सभामा पेश भएको विधेयक मंसिर १७ गतेदेखि छलफल भएर २०७९ असार २ गतेको बैठकमा प्रतिवेदन पेश भएको हो । संसदमा एउटा विधेयकको प्रतिवेदन पेश गर्त ४ वर्ष लागेका भन्दै सांसदहरुले गुनासो गरेका थिए । बीमा प्राधिकरणलाई स्वायत्त संस्थाको रुपमा परिभाषित गरेको र लाईसेन्स दिन दबाब नदिने मन्त्री शर्माको तर्क छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*