कम्पनी रजिष्ट्रारमा दर्ता भइसकेका कम्पनीहरुले लघुबीमाको लाइसेन्स नपाउने

६ भाद्र २०७९, सोमबार २०:५०

काठमाडौं । बीमा समितिले आज जारी गरेको लघुबीमा सस्थापना सम्बन्धी निर्देशिका २०७९ बमोजिम कम्पनी रजिष्ट्रारमा दर्ता भएका कुनै पनि कम्पनीहरुले लघुबीमाको लाइसेन्स नपाउने भएका छन् ।

बीमा समितिको निर्देशिका नं ६ बुँदामा लघुबीमाको लाइसेन्सको लागि बीमा समितिबाट पूर्व स्वीकृत लिएर मात्रै कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गर्नुपर्ने उल्लेख छ । बीमा समितिले जारी गरेको निर्देशनमा भनिएको छ, ‘सम्बन्धित निकायमा निवेदन दिनुपूर्व समितिबाट लघुबीमा व्यवसाय गर्ने कम्पनी संस्थापना गर्ने सहमति प्राप्त गर्नुपर्नेछ ।’ यस व्यवस्थाले दर्ता भई लघुबीमाको लाइसेन्स लिन तयारी अवस्थामा रहेका एक दर्जन कम्पनीहरुले लघुबीमाको लाइसेन्स नपाउने भएका हुन ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*