अर्थमन्त्री शर्माको दोस्रो कार्यकाल पनि विवादमा, लघुबीमाको लाइसेन्समा पौने दुई अर्ब घुस सेटिङ रोक्न असफल

७ भाद्र २०७९, मंगलवार ०८:३४

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको दोस्रो कार्यकालको पहिलो इनिङमै विवादमा परेका छन् । बीमा समितिले घुस सेटिङमा लघुबीमाको लाइसेन्स दिन लागेकोमा विभागीय मन्त्रीको हैसियतमा अर्थमन्त्री जनार्दन शर्माले रोक्न नसकेपछि थप विवाद मात्रै होइन, जनताबाट तिरस्कृत र बद्नाम बन्ने खतरा बढेको छ ।

बीमा समितिमार्फत नयाँ लघुबीमा कम्पनीहरुको लाइसेन्स वितरण गर्ने कार्यसँगै कुनै समय जनमुक्ति सेनाका सैन्य कमाण्डर समेत रहेको प्रभाकर उर्फ जनार्दन शर्माको राजनीतिक रुपमा पतन यात्रा सुरु भएको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । अझ मूलधारका दुई दैनिक पत्रिकाले अर्थमन्त्री शर्मा आफै घुस सेटिङमा जोडिएको गम्भिर आक्षेप लगाएपछि भविष्यमा प्रधानमन्त्री समेत बन्ने सम्भावना बोकेर राजनीतिक यात्रामा अघि बढेका जनार्दन शर्माको राजनीतिक यात्रामा ब्रेक लाग्ने भएको छ ।

बीमा समिति, धितोपत्र बोर्डमा माफियाले चेन अफ कमाण्डमा घुसपैठ गरेर घुस सेटिङमा काम गर्ने अनि अर्थमन्त्री जनार्दन शर्मा त्यसको साक्षी बस्ने कार्यले उनको राजनीतिक यात्रा गम्भिर मोडमा आईपुगेको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल प्रधानमन्त्री पत्नी आरजु राणासँग सेटिङ गरेर माफिलाई नयाँ बीमा कम्पनीहरुको लाइसेन्स दिन प्रक्रिया बढाएका छन् । तर, आफ्नै मन्त्रालय मातहत रहेको बीमा समितिको घुस काण्ड रोक्न नसक्दा अर्थमन्त्री माथि नै गम्भिर आक्षेपहरु लाग्न पुगेको छ । यसअघि पनि प्रधानमन्त्री पत्नी आरजुु राणाले बीमा समितिकिा अध्यक्ष सूर्य प्रसाद सिलवालसँग मिलेर हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई बीमाको कोर सिद्धान्त विपरितको निर्णय गराई साढे छ अर्ब रुपैयाँको घुस सेटिङ गराएकी थिईन् । सो सेटिङको दोष पनि अर्थमन्त्री शर्मा माथि लागेको छ ।

पछिल्लो महाधिवेशनबाट पार्टी महासचिव हुने लाइनमा रहेका मन्त्री शर्माले यसअघि हिमालयन रि इन्स्योरेन्सको घुस सेटिङ काण्ड रोक्न नसकेको, आर्थिक विवादमा फसेका कारण नेकपा माओवादी केन्द्रको महासचिव हुनुपर्नेमा व्यक्ति उपमहासचिवको तेस्रो नम्वरमा सीमित हुन पुगेका छन् ।
अर्थमन्त्री शर्माका विषयमा गत जेठ ५ गते प्रकाशिशत आर्थिक दैनिकले संगिन आरोप लगाएको छ । आर्थिक दैनिकमा प्रकाशित समाचार अनुसार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र अर्थमन्त्री जनार्दन शर्माबीचमा सहमति भई एक अर्ब ७५ घुस सेटिङमा नयाँ लाइसेन्स वितरण गर्न लागिएको समाचारमा उल्लेख छ । सञ्चार माध्यममा समाचार प्रकाशित भई खवरदारी गर्दा समेत बीमा समितिबाट माफियासँगको सेटिङमा लाइसेन्स दिने कार्य नरोकिएकोले अर्थमन्त्री जनार्दन शर्माले थाहा थिएन, मैले बुझिन भनेर भन्ने अवस्था छैन । उल्टै बीमा समितिले लघुबीमाको नयाँ लाइसेन्स खोल्ने सम्बन्धी निर्देशिका पारित गरेको छ । लाइसेन्स पाउने नयाँ लघुबीमा कम्पनीहरुको चुक्ता पुँजि ७५ करोड कायम गर्ने र प्रत्येक कम्पनीबाट कम्तीमा २५ करोड रुपैयाँ घुस रकम उठाएर बाँडफाँड गर्ने सहमति भएको गत आइतबार प्रकाशित आर्थिक दैनिकले लेखेको छ । सो समाचारको अर्थमन्त्री जनार्दन शर्माले खण्डन गर्न सकेका छैनन् ।

आर्थिक दैनिकको यही समाचारलाई पुनःपुष्टि गर्दै आज प्रकाशित कान्तिपुरले अर्थमन्त्री जनार्दन शर्माले माफियासँगको सेटिङमा १४ वटा नयाँ बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्न लागेको उल्लेख गरेको छ । बीमा समितिलाई केन्द्रबिन्दु बनाएर माफियासँगको सेटिङमा लाइसेन्स दिन लागेको आज प्रकाशित कान्तिपुर दैनिकले समेत सनसनीपूर्ण समाचार प्रकाशित गरेको छ । कान्तिपुरमा प्रकाशित समाचार अनुसार अर्थमन्त्रालयकै उच्च अधिकारीहरु लाइसेन्स वितरण कार्र्यको विरोधमा रहेको जनाइएको छ ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई साढे छ अर्बको व्यवसाय सुनिश्चित गरिदिएको काण्ड रोक्न सकेका थिएनन् । २०७८ मंसिर ८ गते बीमा समितिबाट हिमालयन रिको पक्षमा भएको निर्णय छानविन गर्ने बताए पनि हालसम्म छानविन नगरी चुप लागेरै बस्दै आएका छन् । सो काण्डमा अर्थमन्त्री जनार्दन शर्मा र उनको परिवारका सदस्यहरु समेतको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

अर्थमन्त्री शर्माको नाम यसअघि पनि माफियासँगको जोडिदै आएको छ । नेपाली जनताको मुक्ति र सर्वहाराको राज्य स्थापनाको लागि जनयुद्ध लडेर मृत्यु वा बिजय दुई मध्ये एक बाटो रोज्न हिडेर शान्तिपूर्ण राजनीतिमा सहभागी प्रभाकर उर्फ जनार्दन शर्मा किन पटक पटक विवादमा परिरहेका छन् ? यस प्रश्नको जवाफ अनुत्तरित छ । जंनार्दन शर्मा आफै घुस खाने, घुस रकम संकलन गर्नुपर्ने नेता होइन, जिल्लामा निकै लोकप्रिय रहेकोले कांग्रेसका नेताहरुले जसरी जनतालाई पैसा बाँडेर चुनाव जित्नुपर्ने अवस्थाका नेता पनि होइनन् । तर जनताको मुक्तिलाई अर्जुनदृष्टि ठान्ने माक्र्सवादी विचारले लैस जनार्दन शर्माको दृढता, इमान र नैतिकतालाई माफियाले कसरी धुलोपिठो बनाएर घुसपैठ गर्न सफल भइरहेका छन् ? आश्चर्यको विषय बनेको छ ।

https://www.beemapost.com/wp-content/uploads/2022/08/finance-minister-scaled.jpg

रोचक र आश्चर्यजनक कुरा के छ भने अर्थमन्त्री जनार्दन शर्मा सञ्चार माध्यममा माफियासँग नाम जोडिदा जोडिदै, नागरिकको तहबाट सचेत गराउँदा गराउँदै पनि भ्रष्टाचार रोक्न उद्यत नहुनु जनार्दन शर्मा प्रभाकरको राजनीतिक यात्राका लागि शुभ संकेत होइन ।

 

पढौं आर्थिक दैनिकमा भदौं ५ गते आइतबार प्रकाशित समाचार

 

पढौं भदौं ७ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचार

 

लघुबीमाको लाइसेन्स खोल्ने बीमा समितिको निर्णय, गैर कानुनी निर्णय कार्यान्वयन हुनेमा आशंका

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*