बीमा समितिमा निर्जीवन बीमा कम्पनीविरुद्ध मुद्दा बढ्दै, अनिवार्य बीमामा विवाद

८ भाद्र २०७९, बुधबार १४:३८

काठमाडौं । बीमा समिति कम्पनी विरूद्ध दर्ता हुने उजुरीको संख्या बढ्दै गएको छ । बीमा समितिले दाबी भुक्तानी बर्ष मनाउँदै गरेपनि बीमितको पिडा भने कम हुन भने सकेन । दाबी भुक्तानी बर्ष मनाँउदै गर्दा पनि बीमा सामितिमा मुद्धाको चाङ भने अझै पनि घट्न सकेको छैन ।बीमितहरु अझै पनि दाबी भुक्तानीको गुनासो लिएर बीमा समितिमा धाउने क्रम बढ्दो नै रहेको छ ।

बीमाको व्यवसाय विस्तार भएसँगै मुद्धाको चाङ बढ्नु स्वभाविक नै भएको बीमा समितिले जनाएको छ । बीमा समितिको तथ्यांक अनुसार जीवन बीमामा भन्दा निर्जिवन बीमामा मुद्धा बढ्दै गएको देखिएको छ ।निर्जिवन बीमामा मोटरमा अत्याधिक बीमा दाबीको क्रममा मुद्धा दर्ता भएका छन् भने जीवनमा बैदेशिक रोजगारी तर्फ बढी देखिएको छ । सरकारले अनिवार्य गरेको बीमामा भने विवाद बढी भएको तथ्यांकले देखाएको ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै समितिमा १५३ वटा मुद्दा दर्ता भएका छन् । जुन यसअघिका वर्षमा परेका मुद्दाको तुलनामा सर्वाधिक हो । आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्ममा समितिमा कूल ३३३ वटा मुद्दा परेका छन् । जसमा १८० वटा मुद्दा अघिल्ला वर्षका हुन् भने बाँकी १५३ वटा मुद्दा गत आवको हो ।मुद्दा दर्ता हुनेमा पनि अधिकांश मुद्दा निर्जीवन बीमा कम्पनी विरुद्ध रहेका छन्।

जीवन बीमा कम्पनी विरुद्ध परेका मुद्दाको तुलनामा निर्जीवन बीमा कम्पनी विरुद्ध परेको मुद्दाको संख्या १२३ प्रतिशत बढी रहेको समितिले जनाएको छ । विगत चार वर्षमा जीवन बीमा कम्पनी विरुद्ध कूल १६० वटा मुद्धा दर्ता भएका छन् भने निर्जीवन बीमा कम्पनी विरुद्ध कूल ३५७ वटा दर्ता भएका छन्।

मुद्दा दर्ताको संख्यासँगै फैसला भएका मुद्दाको संख्या पनि बढ्दो छ । समितिले गत आवमा मात्रै १५३ वटा मुद्दा फैसला गरेको छ । जुन अघिल्ला आवको तुलनामा बढी हो । बीमा समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा ७७ वटा मुद्दा दर्ता भएका थिए । उक्त आवमा मात्रै थप ३९ वटा गरी कूल ११६ वटा मुद्दा समितिमा दर्ता भएका थिए । आर्थिक वर्ष २०७५/७६ मा थप १०० वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आवको ८३ मुद्दा थपिएका थिए।

पुनरावेदनबाट आएका मुद्दाको संख्या चार वटा गरी कुल १८७ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ८५ वटा मुद्दाको फैसला गरेको थियो । आव २०७६/७७ मा कूल २२८ वटा मुद्दा परेका थिए । तीमध्ये १०१ वटा पुराना मुद्दा थपिएका थिए । उक्त आवमा मात्रै १२६ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये पुनरावेदनबाट आएको मुद्दाको संख्या १ वटा थियो।

समितिले उक्त आवमा ९१ वटा मुद्दा दर्ता फैसला गयो । २ वटा तामेलीमा रहेका थिए । यस्तै, उक्त आवमा १३५ वटा मुद्दा फैसला हुन बाँकी थियो । आर्थिक बर्ष २०७७/७८ मा कुल २७३ वटा मुद्दा दर्ता भएका थिए । अघिल्ला आवका १३५ मुद्दा थपिएका थिए।उक्त आवमा १३७ वटा मुद्दा नयाँ थपिएका थिए ।गत आव २०७८÷७९ मा जम्मा ३३३ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १८० वटा मुद्दा अघिल्ला आवमा फैसला हुन बाँकी रहेका हुन् । गत आवमा मात्रै १५३ वटा मुद्दा थपिएका मुद्दा हुन्।

आव २०७४/७५ मा ११६ वटा मुद्दा दर्ता हुँदा बीमा समितिले २६ वटा मुद्दाको फैसला गरेको थियो भने ७ वटा मुद्दा भने तामेलीमा राखेको थियो । उक्त आवमा ८३ वटा मुद्दा फैसला हुन सकेका थिएनन् ।
आर्थिक बर्ष २०७५/७६ मा कुल १८७ वटा मुद्दा दर्ता हुँदा समितिले ८५ वटा मुद्दाको फैसला गरेको थियो । आव २०७६/७७ मा कुल २२८ वटा मुद्दा दर्ता हुँदा समितिले ८५ वटाको मात्रै फैसला गरेको थियो।

आर्थिक बर्ष २०७७/०७८ मा कुल १८० वटा मुद्दा दर्ता हुँदा समितिले ९३ वटा मुद्दाको फैसला गरेको थियो । यस्तै, २०७८/८९ मा ३३३ वटा मुद्दा दर्ता हुँदा १४७ वटा फैसला गरेको छ । समितिले गत आवमा अघिल्ला आवमा दर्ता भएका मुद्दासमेत गरेर उक्त संख्या बराबरको मुद्दाको फैसला गरेको हो । आव २०७४ मा १, आव २०७५/७६ मा २, आव २०७६/७७ मा २५, आव २०७७/७८ मा ६४ वटा मुद्दा फर्छ्योट भएको समितिको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, आर्थिक बर्ष २०७६/७७ मा सहमति भएका मुद्दाको संख्या ७, आव २०७७÷७८ मा सहमति भएका मुद्दाको संख्या २५ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*