बीमा विधेयक आज राष्ट्रिय सभामा पेश हुने

१२ भाद्र २०७९, आईतवार ०५:३५

काठमाडौं । बीमा क्षेत्रको नियमन गर्दै आएको बीमा ऐन २०४९ लाई प्रतिस्थापन गर्न अघि बढाइएको बीमा विधेयक आज राष्ट्रिय सभामा पेश गरिने भएको छ । आज बस्ने राष्ट्रिय सभाको बैठकमा प्रतिनिसभाबाट पारित भइ आएको बीमा विधेयक २०७५ टेबुल हुने सम्भावित कार्यसूचिमा राखेको छ ।

राष्ट्रिय सभाबाट छलफल भई पारित भएपछि राष्ट्रपतिले स्वीकृत गरेपछि बीमा विधेयक ऐनको रुपमा कार्यान्वनयमा आउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*