बीमा समिति तीन दिनदेखि इन्टरनेट विहिन, सर्भरमा समेत समस्या

१२ भाद्र २०७९, आईतवार १३:१४

काठमाडौं । नियामक निकाय बीमा समितिमा नै इन्टरनेटको पहुँच बाहिर हुँदा कैयौ काम कार्वाही रोकिएको छ । गत बिहिबारदेखि इन्टरनेटको पहुँच बाहिर हुँदा कर्मचारीहरु निराश भएका छन् । विधुत् र इन्टरनेटमा समस्या आँउदा सर्भरमा समेत समस्या देखिएको छ। समितिको सर्भर डाउन हुँदा बीमा कम्पनी र अर्थमन्त्रालयमा हुने काम बढी प्रभावित भएको छ ।

बीमा समितिको अधिंकाश काम कार्वाही इन्टरनेटबाटै हुने गर्दछ । लगातार तीनदिन देखि नियामक निकाय नै इन्टरनेटको पहुँच बाहिर रहेको कारण बिहिबारदेखि जारी गर्ने भनिएको निर्देशिका समेत जारी गर्न नपाएको एक कर्मचारीले बताएका छन् । अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट बारम्बार डाटा मागिरह्दा पनि असहज रुपमा उत्तर दिनुपरेको भन्दै गुनासो व्यक्त गरेका छन् ।

माथिल्लो तहबाट तीन दिन लगातार इन्टरनेट र लाईनको पहुँच बाहिर रहदा पनि आफूहरुलाई व्यवास्ता गरेको कुरा बीमापोष्टलाई बताए । अर्थमन्त्रालय र राष्ट्र बैंकलाई सपष्टीकरण तल्लो तहबाट नै दिनुपर्ने कारणले गर्दा कर्मचारीहरुलाई समस्या भएको अर्का एक कर्मचारीले गुनासो गरेका छन् ।

हाल बीमा समितिमा निमार्णाधिन अवस्थामा रहेको भवनमा विधुत्को खपत बढी भएको कारणले गर्दा तीन दिनदेखि लगातार समस्या देखिएको स्रोतले जनाएको छ । बीमा समितिको ब्याकअपमा रहेको यूपीसीमा समस्या देखिदा यस्तो समस्या देखिएको समितिले जनाएको छ ।

तीन दिनदेखि निरन्तर समस्या देखि रहँदा पनि ढिलाई गरिएको भन्दै कर्मचारीहरुको गुनासो रहेको छ। नियामक निकायमा नै यस्तो समस्या देखिएको कारण तीनदिन देखि कागजी काम कार्वाही मात्रै हुँदै आईरहेको स्रोतले जनाएको छ। अन्य कामकार्वाही भने ठप्प नै रहेको छ।बीमा समितिको सर्भर डाउन हुँदा बीमा कम्पनी र अर्थमन्त्रालयमा हुने काम बढी प्रभावित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*