बीमा विधेयक राष्ट्रिय सभामा पेश, छलफल पछि यसै महिनाभित्रमा पारित हुने

१२ भाद्र २०७९, आईतवार १३:४४

काठमाडौं । बीमा विधेयक राष्ट्रिय सभामा पेश भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाको बैठकमा उत्पत्ति भई पारित पश्चात सन्देशसहित आएको बीमा विधेयक २०७५ लाई राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले पेश गरेका हुन् ।

अब अर्को बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि छलफलमा जानेछ । राष्ट्रिय सभामा छलफल पश्चात पारित हुनेछ । भदौ १६ गते उक्त विधेयक पारित हुनेछ । विधेयक पारित भएपछि राष्ट्रपतिबाट स्वीकृत भएपछि औचापरिक रुपमा लागू हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*