गलत धन्दा र भ्रष्टाचारमा संलग्न कर्मचारीमाथि कारवाही गर्दै बीमा समिति

स्थलगत अनुगमनको क्रममा तथा सेवाग्राहीसँग व्यक्तिगत लाभ लिने, घुस माग्ने कर्मचारीहरुको सूचना उपलब्ध गराउन निर्देशन
१४ भाद्र २०७९, मंगलवार १९:१५

काठमाडौं । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई गोप्य पत्र पठाउँदै बीमा समितिभित्र रहेका भ्रष्ट कर्मचारीहरुका विरुद्धमा गोप्य सूचनाहरु अध्यक्ष सूर्य प्रसाद सिलवाललाई लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरी जारी निर्देशनमा सबै बीमा कम्पनीहरुलाई बीमा समितिका कर्मचारीहरुले कुनै दुःख दिएको भए, बार्गेनिङ गरेको भए, नगद वा कुनै जिन्सी सामान माग गरेको भए, कोही कसैलाई फाइदा हुने गरी काम गर्न अह्राएको भए सो को सूचना अध्यक्षलाई सम्बोधन गरी उपलब्ध गराउन भनिएको छ ।

बीमा समितिले आज जारी गरेको गोप्य निर्देशनमा भनिएको छ, ‘तहाँ बीमकले समितिबाट पौप्त गर्ने सेवामा संलग्न तथा स्थलगत निरिक्षणको क्रममा खटिने कर्मचारीहरुको आचरण तथा व्यवहार अमर्यादित र अनुशासनहिन तथा धाकधम्कीपूर्ण र अनुचित लाभमा केन्द्रीत भई सेवा प्रवाहमा ढिलाई र गैर व्यवसायिक रहेको छ भने समितिका अध्यक्षलाई सम्बोधन गरी गोप्य सूचना उपलब्ध गराउन हार्दिक अनुरोध छ । तहाँबाट प्राप्त गुनासाहरु गोप्य रहने विश्वास दिलाउँदछु ।’

बीमा समितिमा कार्यरत विभिन्न कर्मचारीहरुले विभिन्न कम्पनीहरुमा स्थलगत अनुगमन तथा अन्य प्रयोजनको क्रममा अनुचित लाभ लिने प्रयत्न गरेको गुनासो बीमा समितिमा आइपुगेपछि यस्तो अप्रिय निर्णय लिन बाध्य भएको बीमा समिति सम्बद्ध स्रोतले जनाएको छ । बीमा समितिले बीमक कम्पनी तथा अन्य सेवाग्राहीसँग लाभ लिएर काम गरेको प्रमाणित भएमा कडा कारवाही गर्ने जनाएको छ ।

 

 

 

बीमा समितिले आफ्नो कार्यालयबाट स्थलगत अनुगमनको क्रममा खटिने कर्मचारीबाट अनुचित लाभ लिने, धाकधम्कीपूर्ण व्यवहार प्रदर्शन गर्ने गरेको गुनासो प्राप्त भएको जनाएको छ । बीमा समितिले आफ्ना कर्मचारीहरुको सम्बन्धमा कुन कर्मचारीका विरुद्धमा त्यस्ता गुनासाहरु प्राप्त भएको हो, सो गुनासोको निष्पक्ष छानविन नगरी, स्वतन्त्र रुपमा पुष्टि नगरी कडा निर्देशनमार्फत आफ्नै कर्मचारीहरुको सुचना उपलब्ध गराउन निर्णयले कस्तो प्रभाव पार्छ त्यो भने हेर्न बाँकी छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*