सर्जन बिकको हत्या काण्डका मुख्य योजनाकार अर्यालको थप कर्तुतहरु खोज्दै सिआईबी

१५ भाद्र २०७९, बुधबार १४:०४

काठमाडौं । योजनाबद्ध बीमा गराएर बीमितको हत्या गराई बीमाबापतको रकम लिई ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्जीव अर्याल हाल प्रहरीको हिरासतामा रहेका छन् ।
योजनाकार सन्जीव अर्यालले बीमालाई मुख्य हतियार नै बनाएर एक पछि अर्को योजना बनाएको प्रहरीले बयान लिने क्रममा खुलेको प्रहरी स्रोतले जनाएको छ ।

गत बर्ष साढे २ करोड रुपैयाँ बीमा रकम लोभमा हत्या गरिएका सर्जन विकभन्दा पहिले उनकी दिदी दुर्गा विकको हत्या गर्ने प्रयास भएको र सो असफल भएपछि दोस्रो प्रयासमा सर्जन बिकलाई प्रयोग गरिएको जनाइएको छ । उनै अर्यालले बीमाको रकम लिन अन्य योजना समेत बनाएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

सिआईबीका अनुसार सर्जन बिककी दिदी दुर्गा बिकसँग कागजी बिहे गराएका थिए । उनको पनि साढे २ करोड रुपैयाँकै बीमा गराईएको थियो । घटनाका योजनाकार अर्यालले दुईपटक दुर्घटना गराएर दुर्गालाई मार्ने प्रयास गरे, तर असफल भएको खुलेको छ । दिदीको हत्या गर्ने प्रयास असफल भएपछि भाइ सर्जन बिकको हत्या गराएर रकम लिएको खुलेको छ ।

बारम्बार हत्या गराउने प्रयास भएपनि नसकेपछि उनले उक्त बीमा योजना बीचमै छोडिदिएका थिए । उनले उक्त पैसा असुल गर्नको लागि निसानामा उनकै भाई सर्जन विकको बीमा गराएका थिए । सर्जन विकलाई वैदेशिक रोजगारीको लोभ देखाँउदै हत्याको योजना समेत बनाएका थिए । विभिन्न योजना बनाएर बीमा गराएको एक महिनामै मार्ने योजना अर्यालको सफल भएका थिए ।उक्त घटनामा सहभागी भएका सबैजनालाई रकम बाँडफाँड गरि अर्को घटना बुन्ने क्रममा नेपाल पुनर्बीमा कम्पनीको आंशकाको कारण उक्त समूहलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएका थिए ।

प्रहरीको हिरासतमा रहेका योजनाका नाईके सञ्जिव अर्यालले एक पछि अर्को घटनाको योजना बुन्दै गरेको बयानको क्रममा बताएको सिबिआईले जनाएको छ । बीमालाई नै मुख्य हतियार बनाएर कैयौको हत्या बनाउने योजना अर्यालको रहेको बयानको क्रममा खुलेको छ ।
अनुसन्धानकै क्रममा सर्जनकी दिदीसँग अर्यालले नक्कली बिहे गराई दुईपटक दुर्घटना गराउँदा पनि दुर्गाको मृत्यु नभएपछि उनकै भाइलाई प्रयोग गरेको सीआईबीले अनुसन्धानले जनाएको छ ।

दुर्गा बिकसँगको योजना असफल भएपछि गिरोहका नाइके अर्यालले दुर्गा बिकसँग सम्बन्ध बिच्छेदका साथै उनको बीमा गरिएको अढाई करोडको पोलिसी पनि सरेन्डर गर्न लगाइएको पाइएको छ ।सर्जन विककको हत्या गरेर अढाई करोड पैसा झिक्न सफल भएलगत्तै यो गिरोहले फेरि अर्को घटना घटाउने तयारी गरिसकेको र त्यसका लागि पात्र पनि तयार गरिसकेको अनुसन्धानमा खुलेको छ ।

दोस्रो घटनाका लागि योजनाकार सुनिल चौधरी र करिश्मा बिकबीचमा गत बैशाखमा कागजी बिहे गराइसकेको र रिलायन्स लाइफमैै अर्को अढाई करोडको जीवन बीमा गर्ने तयारी भइसकेको सिबिआईले बयानको क्रममा पत्ता लगाएको छ । अर्यालले यस पटक अदालतमा पुगेर विवाह गराएर बीमा गर्ने कम्पनी खोजेका थिए । तर, कसैले पनि बीमा गर्न नमानेपछि रोकिएको खुलेको छ । उनले बीमितको आम्दानीको स्रोत पुष्टि गर्न स्थानीय निकायको सिफारिस समेत गरेर ल्याउने गरेको खुलेको छ ।
यसअघि कुनै घटनामा नदेखिएका सञ्जिवले यस्ता घटनाहरु यसअघि पनि नगराएका भने हैन कि भनेर सिबिआई थप अनुसन्धानमा राखेर बयान लिईरहेका छन् । एक पछि अर्को योजना बुन्दै गरेको प्रहरीलाई बयानमा क्रममा बताएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले, जीवन बीमामा विजनेस देखाउन अन्डरराईटिङमा ध्यान नदिदा यस्तो समस्या देखिएको हो । हामीले अन्डरराईटिङको पाटो र बीमा अभिकर्ताहरुको लागि केही कडाईको साथ नयाँ निर्देशिका ल्याँउदैछौ, अब सुधार हुन्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*