अर्थमन्त्री शर्माबाट बीमा समितिको सुर्खेतस्थित प्रदेश कार्यालय उद्घाटन

१६ भाद्र २०७९, बिहीबार १०:५४

काठमाडौं । बीमा समितिको सुर्खेतमा स्थापना गरिएको प्रदेश कार्यालय आज अर्थमन्त्री जनार्दन शर्माबाट औपचारिक रुपमा उद्घाटन हुँदैछ । अबको केहीबेरमा नयाँ शाखा कार्यालय औपचारिक रुपमा उद्घाटन हुने बीमा समितिले जनाएको छ ।

यसअघि नै सञ्चालनमा आएको बीमा समितिको कर्णाली प्रदेश कार्यालय आज उद्घाटन गर्न लागिएको हो । नयाँ शाखा उद्घाटनको लागि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेशलाल कर्ण सुर्खेत पुगेर भव्य र सभ्य कार्यक्रममा सहभागी भइसकेका छन् । बीमा समितिको कर्णाली प्रदेश प्रमुख तथा उप निर्देशक पदम प्रसाद सोडारी छन् ।

बीमा समिति कर्णाली प्रदेश शाखाको उद्घाटन कार्यक्रममा सो क्षेत्रमा अवस्थित बीमा कम्पनीका शाखा प्रमुखहरु तथा प्रदेद प्रमुखहरुको उपस्थिति रहेको थियो । -तस्विरहरु: शंकर लामिछाने ‘अशान्त’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*