जुम्लाको सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

२३ भाद्र २०७९, बिहीबार १८:२१

काठमाडौं ।  जुम्लाको सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय सरकार र बीमा समितिबीच बीमा बिषयमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर धितालको प्रमुख आतिथित्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बीमा र कृषि बीमाको बारेमा सहभागीहरुलाई बुझाईएको थियो । बीमा समिति कर्णाली प्रदेश कार्यालयका प्रमुख सोडारीले कार्यक्रमको बारेमा सपष्ट पारेका थिए ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष र निर्वाचित सदस्यहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु सहभागी भएका थिए ।कार्यक्रममा सहभागीहरुले सचेतना कार्यक्रममा सहभागी हुन पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*