राष्ट्रिय सभाकोे बैठक बुधबारसम्मका लागि स्थगित, बीमा बिधेयक राेकियाे
काठमाडौं । राष्ट्रिय सभाको आईतबारका लागि बोलाइएको राष्ट्रिय सभाकाे बैठक बुधबारसम्म स्थगित गरिएको छ। राष्ट्रियसभाकाे बैठक स्थगित हुदा बीमा बिधेयक राेकिन पुगेकाे छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले एक सूचना जारी गर्दै आइतबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक कारणवश स्थगित भएको जनाएका छन्।
राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने जनाउँदै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले बैठक स्थगित गरेका हुन् । बैठक बुधबार बिहान ११ बजे बस्ने जनाइएको छ ।