डेढ बर्षदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा हुँदै

२८ भाद्र २०७९, मंगलवार १५:३५

काठमाडौं । डेढ बर्षदेखि रोकिएको सरकारले कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भएको छ। गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए ।

जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी भएको छ । १२ अर्ब ३२ करोड भन्दा बढी दावी भुक्तानी बाँकी छ । साढे ३ अर्ब भन्दा बढीको दायित्व सकारले लिने गरी कोरोना बीमा मार्गदर्शन आएको थियो । जसअनुसार १२ अर्ब भन्दा बढीको कोरोना बीमाको दायित्व स्वीकार गर्दै सरकारले १ अर्ब निकास दिने निर्णय गरेको हो ।

बीमा समितिले पनि उक्त रकम प्राप्त भएपछि प्राथमिकता हेरेर दावी भुक्तानी हुने जनाएको छ । भुक्तानी गर्न बाँकी दावी राष्ट्र सेवक कर्मचारीको मध्ये ४२ हजार ४०५ वटा दावीको करिब ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । पहिले चरणको राष्ट्रसेवा कर्मचारीहरुलाई दिने तयारी रहेको बीमा समितिले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*