राष्ट्रिय सभाबाट बीमा विधेयक संसोधन सहित पारित

३१ भाद्र २०७९, शुक्रबार १५:१६

काठमाडौं । राष्ट्रिय सभाबाट बीमा विधेयक २०७५ संसोधन सहित पारित भएको छ । राष्ट्रिय सभाको बिहिबार बसेको दोस्रो बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो। बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

त्यस्तै, बैठकले ऊर्जामन्त्री भुसालले नै प्रस्तुत गरेको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई पारित गरेको छ ।प्रतिनिधि सभाले साउन २९ गते बीमा विधेयक पारित गरेको थियो। बीमा विधेयक करिब ४ वर्षपछि पारित भएको हो।बीमा विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएसँगै अब पुनः प्रतिनिधि सभामा पेस हुनेछ। त्यसपछि प्रतिनिधि सभाले स्वीकृत गरेपछि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि जानेछ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि विधेयक कानूनको रुपमा कार्यान्यनमा आउनेछ। बीमा विधेयक कार्यान्यनमा आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने व्यवस्था छ।
राष्ट्रिय सभाबाट पारित भएको बीमा विधेयक अब प्रतिनिधि सभाबाट प्रमाणिकरण भई राष्ट्रपतिले पारित गरिसकेपछि कार्यान्वयनमा आउने छ।

सम्पादन : यसअघि बीमा विधेयक हुवहु लेखिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*