दर्शनटेकले बनाएको बीमा समितिको आईआरएमआईएस सफ्टवयरले काम गरेन, हिमालयन एभरेष्ट इन्स्योरेन्सको डाटा इन्ट्री रोकियो

११ आश्विन २०७९, मंगलवार १९:३८

काठमाडौं । दर्शनटेक नामक सफ्टवयर कम्पनीले निर्माण गरेको बीमा समिति र बीमा कम्पनीहरुलाई जोड्ने एकीकृत सफ्टवयर आइएमआईआरएसले काम नगर्दा बीमा कम्पनीका कर्मचारीहरु हैरान भएका छन् भने बीमा समितिले पनि समयमा सही तथ्याङ्क पाउन सकेको छैन ।

बीमा समितिले डेढ वर्षअघि नै उद्घाटन गरेको आईआरएमआईएस सफ्टवयरले गतिलो काम गर्न नसकेको गुनासो विगतदेखि नै आइरहेको थियो । पछिल्लो समय मर्जरमा जान थालेपछि नयाँ बनेका कम्पनीहरुले युजर नेम र पासवर्ड नपाउँदा पुरानै कम्पनीको नामबाट विवरण बीमा समितिमा भर्न थालेका छन् । तर, त्यसो गर्दा पनि समस्या उत्पन्न भएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले जनाएको छ । केही दिन पहिले हिमालयन एभरेष्टका लागि एउटा युजर र पासवर्ड दिएको भएपनि प्रभावकारी नभएको आईटी कर्मचारीको गुनासो छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले सही विवरण बीमा समितिमा पठाउन नपाएको गुनासो पटक पटक दर्शनटेक समक्ष गरेपनि वास्ता नगरेको, दर्शनटेकले मर्मत सेवा समयमा दिन नसकेको गुनासो गरेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सका अनुसार दर्शनटेकको सफ्टवयर बीमा शुल्क भुक्तानी गर्ने सफ्टवयरमा समेत समस्या रहेको गुनासो गरेका छन् ।

बीमा समितिले हरेक महिनाको ३ गते अघिल्लो महिनाको तथ्याङ पाउनुपर्ने व्यवस्था छ । तर, उक्त एकीकृत सफ्टवयरमा समस्या आउँदा बीमा समितिको दोस्रो महिनाको अन्त्यसम्म पनि सही तथ्याङ्क पाउन सकेको छैन । दर्शनटेक नामक कम्पनीले बनाएको सफ्टवयर सञ्चालन गर्न असाध्यै झन्झटिलो र अप्ठेरो भएको बीमा कम्पनीका आईटी विभागका कर्मचारीहरुको भनाई छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*