जीवन बीमा कम्पनीहरुको व्यवसाय घट्दा निर्जिवनको बढ्यो, बीमाको दायरा ४४ प्रतिशतमा पुग्यो

२७ आश्विन २०७९, बिहीबार १७:११

काठमाडौं । बीमाको पहुँच ४४ प्रतिशत बीमितको दायरामा पुगेको छ । बीमा समितिले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार बीमा क्षेत्रको दायरा ४४ प्रतिशत पुगेको हो ।

बीमा समितिको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा १ करोड ३३ लाख बीमित बीमाको दायरामा आएको छ।बीमा समितिको अनुसार म्यादी, लघु म्यादी, र वैदेशिक रोजगार सहित सबैको दायरामा १ करोड ३३ करोड बीमाको दायरामा समेटिएको हो ।गत आर्थिक बर्षको सोहि अवधिमा ८३ लाख ८५ हजार बीमित मात्रै बीमाको दायरामा जोडिएको थियो ।

भदौ मसान्तसम्मको आकँडा हेर्ने हो भने, भदौ मसान्तसम्म्मा जीवन बीमा कम्पनीहरुको व्यवसाय घटेको छ भने निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय बढेको छ।

जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आर्थिक बर्षको तुलनामा ७ दशमलव ४८ प्रतिशतले घटेर २६ अर्ब रुपैयाँमा सिमित भएको छ। गत आर्थिएक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले २८ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

त्यस्तै, निर्जिवन बीमा कम्पनीको बीमाशुल्क आर्जन भने गत अािर्थक बर्षको तुलनामा २३ प्रतिशतले बढेको छ। निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन २३ प्रतिशतले बढेर ७ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन बढेपनि जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन घटेको कारण कुल बीमाशुल्कमा यसको असर देखिएको छ।

गत आर्थिक बर्षमा ३४ अर्ब ५३ करोड रुपैयाँ जीवन र निर्जिवन बीमाबाट बीमाशुल्क संकलन गरेको बीमा कम्पनीहरुको बीमाशुल्क १ दशमलव ८२ प्रतिशतले घटेर ३३ अर्ब ९० करोडमा सिमित भएको छ।

भदौ मसान्तसम्मको तथ्यांक हेर्ने हो भने बीमा कम्पनीहरुको कार्यालय सङख्या ७ दशमलव ७३ प्रतिशतले बढेर ३ हजार ६ सय ६२ पुगेको छ।त्यस्तै, बीमा कम्पनीहरुको कर्मचारीको सङख्या ७ प्रतिशतले बढेर ११ हजार ८ सय ८९ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*