नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको लाभांश वितरणमा थप कडाई गर्ने, चार अवस्थामा लाभांश वितरण गर्न नपाईने

२८ आश्विन २०७९, शुक्रबार १७:४९

काठमाडौं । नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको लाभांश वितरणमा थप कडाई गर्ने भएको छ । नयाँ ऐन अनुसार बीमा कम्पनीहरुले विभिन्न चार अवस्थामा लाभांश वितरण गर्न नपाउने भएका हुन् ।
एक साता अघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको बीमा ऐन २०७९ अनुसार संचालनमा रहेको बीमा कम्पनीहरुले विभिन्न चार अवस्थामा लाभांश घोषणा तथा वितरण गर्न नपाउने भएका हुन् ।

नयाँ ऐन अनुसार नाफामा रहेका बीमा कम्पनीले मात्रै लाभांश वितरण गर्न पाउने छन् । नयाँ ऐन अनुसार कम्पनीहरुले आफ्नो सम्पूर्ण प्रारम्भिक खर्च, अघिल्लो आर्थिक वर्षसम्मको नोक्सानी यस ऐन तथा प्राधिकरणले निर्धारण गरे बमोजिम जोखिम व्यहोर्न कायम गर्नुपर्ने कोष वा जगेडा कोषको व्यवस्था नगरेसम्म आफना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न पाउने छैनन् ।

ऐनले न्युनतम चुक्ता पूँजी नपुर्याउने, सोल्भेन्सी मार्जिन कायम नगर्ने तथा पर्याप्त जगेडा कोष कायम नगरेसम्म लाभांश वितरण गर्न नपाइने व्यवस्था गरेको हो ।न्युनतम चुक्ता पूँजी कायम गर्न नसके, सम्पत्ति र दायित्वको अनुपात कायम गर्न नसकेपनि बीमा कम्पनीहरुले शेयरधनीहरुलाई लाभांश वितरण गर्न नपाइने व्यवस्था रहेको छ ।

नयाँ बीमा ऐनको दफा ४२ मा दायित्व भन्दा सम्पत्ति बढी हुनु पर्ने व्यवस्था उल्लेख गरेको छ । उक्त दफा अनुसार कुनै पनि बीमा कम्पनीको कुल सम्पत्ति र कुल दायित्वको अनुपात (सोल्भेन्सी मार्जिन) प्राधिकरणले तोके बमोजिम हुने जनाएको छ ।

यस्तै सर्वसाधारणलाई छुट्याएको शेयर वितरण गरी पूर्ण रुपमा चुक्ता पूँजी भुक्तानी नभएसम्म पनि बीमा कम्पनीहरुले लाभांश वितरण गर्न पाउने छैनन् ।

बीमा कम्पनीहरुले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणको स्वीकृति पश्चात लिनु पर्ने व्यवस्था पनि उल्लेख छ ।कम्पनीहरुले लाभांश घोषणा गर्नु अघि बीमा प्राधिकरणको स्वीकृति लिनु पर्ने छ ।
नयाँ ऐन अनुसार पनि कम्पनीले कूल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नको लागि छुट्याउनु पर्ने छ ।

तर विदेशी बीमा कम्पनीको शाखा कार्यालयको रुपमा दर्ता भएको कम्पनीले भने सेयर निष्काशन गर्न पाउने छैन ।

 

……………..00……………………….

र यो पनि पढौं ।

व्यवसाय टिकाउन नसकेपछि नियामकको साहारामा चल्दै हिमालयन रि, भविष्य अन्धकार बन्दै

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*