लघुबीमाको लाइसेन्स रोक्न माग गर्दै दायर मुद्दामा कार्तिक २८ गते सुनुवाई

३० आश्विन २०७९, आईतवार ०८:०७

काठमाडौं । बीमा समितिले वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स सम्बन्धी मुद्दा आगामी कार्तिक २८ गते सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदालतमा दीपक कुमार बरालले दायर गरेको मुद्दा गत शुक्रबारका लागि पेशीमा चढेकोमा हेर्न नभ्याइनेमा परेपछि आगामी कार्तिक २८ गते सुनुवाई हुने भएको हो ।

बीमा ऐन २०४९ मा कही कतै नभएको लघुबीमाको लाइसेन्स बीमा समितिले गैर कानुनी रुपमा वितरण गर्न लागेको भन्दै सर्वोच्च अदालमा रिट दायर भएको थियो । लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य नै गैर कानुनी भएकोले उप्रेषणको आदेशद्धारा बदर गर्न माग गरिएको छ । रिट निवेदकले बीमा मितिले अधिकार क्षेत्र मिचेर हुँदै नभएको अधिकार प्रयोग गरी लघुबीमा संस्थापना सम्बन्धी निर्देशिका २०७९ जारी गरेको भन्दै सो समेत खारेज गर्न माग गरिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*