बीमा समितिलाई ७२ घण्टे स्पष्टिकरण, लघुबीमाको लाइसेन्सबारे निर्वाचन आयोगले लेख्यो पत्र

३० आश्विन २०७९, आईतवार ११:३८

काठमाडौं । बीमा क्षेत्रको नियामक निकायले बीमा समितिले सेटिङमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य निर्वाचनकै समयमा समेत जारी राखेपछि ७२ घण्टे स्पष्टिकरण सोधिएको छ । सो सम्बन्धी पत्र केहीबेर अघि बीमा समितिमा पुगेको छ । निर्वाचन आयोगले आचार संहिता उलंघनमा बीमा समितिको संलग्नता खुलेपछि ७२ घण्टे स्पष्टिकरण सोधेको हो ।

निर्वाचन आचार सहिता विपरित बीमा समितिले वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स रोकिने भएको छ । निर्वाचन आयोगले पठाएको पत्रमा गत असोज १२ गतेदेखि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तीन वटै निकायमातहतका सबै सरकारी र अर्ध सरकारी निकायलाई आचार संहिता लागू भइसकेकोले सार्वजनिक सेवा प्रवाह गर्ने लघुबीमाको लाइसेन्स वितरण गर्न नपाइने स्पष्ट पारेको छ ।

निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीले गत शुक्रबार बीमा समितिको नाममा पठाएको पत्रमा ७२ घण्टा भित्रमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य भएको छ वा छैन ? निर्वाचन आचार संहिता विपरितको त्यस्तो कार्य किन रोक्नु नपर्ने हो ? लिखित रुपमा स्पष्टिकरण बुझाउन भनिएको छ ।

निर्वाचन आयोग स्रोतले अनुसार निर्वाचन आचार संहिता लागू भइसकेपछि सार्वजनिक सेवा प्रवाह सम्बन्धी लाइसेन्स वितरण गर्ने कार्य अनैतिक भएकोले रोक्ने विषयमा छलफल भएको जनाएको छ । निर्वाचनकै समयमा अर्बौ रुपैयाँ सेटिङमा स्टक एक्सचेन्ज, लघुीमा लगायतका दर्जन थरी लाइसेन्स वितरण गर्न लागिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*