लघुबीमाको लाइसेन्स तत्कालका लागि रोक्ने बीमा समितिको निर्णय, प्रस्ताव मूल्याङ्कन कार्य स्थगित

२ कार्तिक २०७९, बुधबार ०७:३६

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीहरुलाई नयाँ लाइसेन्स वितरण कार्य तत्कालको लागि रोक्ने निर्णय गरेको छ । निर्वाचन आचार संहिताको कारण लघु बीमाको लाइसेन्स वितरण कार्य र प्रस्ताव मूल्याङ्कन सम्बन्धी कार्य रोक्ने निर्णय गरिएको बीमा समिति उच्च स्रोतले जनाएको छ । निर्वाचन आयोगले स्पष्टिकरण मागेसँगै बीमा समितिले लाइसेन्स रोक्न निर्णय गरी आयोगमा पत्र पठाएको छ ।

बीमा समितिले सोमबार निर्वाचन आयोगमा बुझाएको स्पष्टिकरण पत्रमा लघु बीमाको लाइसेन्स वितरण सम्बन्धी कार्य बजेटमा व्यवस्था भए बमोजिम निर्वाचन आचार संहिता लागू हुनुुपूर्व नै प्रक्रिया सुरु गरिएको र निर्वाचन आचार संहिता सुरु भएपछिको अवस्थामा प्रस्ताव मूल्याङ्क कार्य समेत रोकिएको व्यहोरा उल्लेख गर्दै निर्वाचन आयोगमा स्पष्टिकरण पत्र बुझाएको छ । आयोगका कानुन शाखाका अधिकृतका अनुसार सम्भवतः आज वा भोलिसम्म सबै प्रकारको लाईसेन्स वितरण रोक्ने सम्बन्धमा निर्णय हुनेछ ।

आयोगमा अर्थमन्त्रालयले समेत लघुुबीमाको लाईसेन्सबारे स्पष्टिकरण दिँदै बजेटमै उल्लेख भएका कार्यहरु गरिएको जनाउँदै निर्वाृचन आयोगलाई स्पष्टिकरण दिइएको छ ।

बीमा समितिले वितरण गर्न लागेको लघुबीमा सम्बन्धी लाइसेन्सको ठेक्का भ्रष्टाचारी दिपक भट्टले ठेक्का लिएका थिए । घुस सेटिङ वितरण गर्न लागिएको लाइसेन्स रोकिएसँगै माफिया र भ्रष्टाचारीहरुको ओठतालु सुक्न पुगेको छ । बीमा समितिले वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स गैर कानुनी भएको भन्दै सर्वोच्च अदालतमा समेत रिट दर्ता भई मुद्दा प्रक्रिया अघि बढिसकेको छ । उत्प्रेषणको आदेशद्धारा लघुबीमाको लाइसेन्स सम्बन्धी प्रक्रिया बदर गर्न माग गरिएकोले भदौं १० गते प्रकाशित सूचना अनुसार बीमा समितिले वितरण गरेको अवस्थामा त्यस्ता लघुबीमाको लाइसेन्स खारेज हुने कानुन व्यवसायीहरुको तर्क छ ।

स्मरणरहोस्, बीमापोष्ट डटकमले भ्रष्टाचारी, माफिया र तस्करसँगको सेटिङमा लघुबीमाको लाइसेन्स वितरण गर्न लागेको सम्बन्धमा सुरुवातदेखि नै सम्झौताहिन एजेण्डा बनाएर समाचार प्रस्तुत गर्दै आएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*